बृहत् राष्ट्रिय पर्वको रूपमा रहेको कुम्भमेला

कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान् स्नान पर्वको रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ । शास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरूमध्ये ४ कुम्भस्थलहरू भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जयिन हुन् । जहाँ प्रत्येक १२–१२ वर्षमा कुम्भ मेला लाग्ने गरेको छ र बाँकी १ कुम्भमेला नेपालको सुनसरी जिल्लास्थित कोशी नदीको किनार प्राचीन हरिद्वार चतराधाममा हो भन्ने कुरा शास्त्रहरूले मुक्तकण्ठले प्रस्तुत गरेका छन् ।

शास्त्रीय प्रमाण
समुद्र मन्थनपछि उत्पन्न अमृतमय कुम्भघडा आफ्नो बनाउन देवता र दैत्यका बीच भएको लुछाचुँडीको क्रममा जहाँ–जहाँ अमृत खस्यो, त्यहाँ–त्यहाँ कुम्भपर्व भनेर बताइएको छ । जस्तैः
विष्णुद्वारे तीर्थराजेऽवन्त्यां गोदावरीतटे ।
सुधाविन्दु विनिक्षेपात् कुम्भपर्वेति विश्रुतम् ।।१८।।

विष्णुद्वार भारतको हरिद्वार, तीर्थराज प्रयाग, अवन्तिकापुरी साथै गोदावरीतट गरी चार स्थानमा अमृतका विन्दुहरू झरेका हुँदा यी चार स्थानमा पहिलादेखि नै कुम्भ भनेर विख्यात भएको देखिन्छ ।
तर नेपालको प्राचीन हरिद्वार चतराधाममा लाग्ने कुम्भ मेलाको सन्दर्भमा श्रीमद् स्कन्ध महापुराणको हिमाद्रिखण्ड अध्याय १२ को श्लोक संख्या ३५ देखि ३८ सम्मका श्लोकहरूमा स्पष्टसँग बताइएको छ ।

जब भगवान विष्णु मोहिनीरूप धारण गरेर देवताहरूलाई अमृत बाँड्न लाग्नुभएको थियो, कुम्भ घडाको अमृतमा माथिपट्टि ढपक्क छाली ‘तर’ लागेको थियो । त्यस अमृतको सुन्दरतालाई देखेर मोहिनीरूप भगवानले विचार गर्नुभयो कि यस अमृतको सार ‘तर’ त देवतालाई दिनु हुँदैन । यसलाई अलग्गै राखेर अमृतमात्र बाँड्नु पर्छ । त्यस अमृतलाई उनै भगवान् मोहिनीरूप विष्णुले कपडाले छानेर अमृतको तरलाई बाहिर निकालेर एउटा पवित्र स्थानमा राखी ती देवताहरूलाई अमृतपान गराउनुभयो ।
तदा तदमृतं देवः कृत्वा वस्त्रेण गालितम् ।

पिष्टिं निष्कास्य निक्षिप्य पाययामास तान् सुरान् ।।३५।।
ततस्तु तां सुधापिष्टिं गृहीत्वा त्रिदशास्तथा ।
पिण्डिकृत्य प्रहृष्टास्ते लिंगं चक्रुरनुत्तमम् ।।३६।।
तल्लिंगं स्थापयामासुस्तस्मिन् रुद्राक्षकानने ।
स्थापयित्वा ततो लिंगं पूजयामासुरादरात् ।।३७।।
नाम चक्रे ततस्तस्य पिण्डेश्वर इति प्रभो ।
सुधापिण्डीकृतो यस्मात् पिण्डेश्वर इति स्मृत स् ।।३८।।

त्यसपछि त्यो पहिला नै निकालेर राखेको अमृतको पनि ‘तर’ या ‘सार’ लाई लिएर देवताहरूले एउटा पिण्डरूप शिवलिङ्ग बनाए । त्यस अमृतको सारबाट निर्मित शिव– लिङ्गलाई सबै वनहरूभन्दा सर्वोत्तम वन रुद्राक्षारण्यका मध्यभागमा लगेर स्थापना गरे । त्यस स्थानमा स्थापना गरिएको लिङ्गरूप अमृतलाई देवताहरू स्वयम्ले विधि–विधानपूर्वक धूमधामसँग पूजासमेत गरी त्यस अमृतको पिण्डबाट निर्मित शिवलिङ्गको नामसमेत पिण्डेश्वर भने त्यसैकारण अद्यापि नेपालको पूर्वाञ्चल सुनसरी जिल्लाको धरान नगरपालिका अन्तर्गत पवित्र तीर्थस्थल विजयपुर पर्वतका शिखरमा रुद्राक्षारण्यका बीचभागमा अमृतपिण्डस्वरूप पिण्डेश्वर महादेव विराजमान भएर रहनुभएको सर्वविदितै छ ।

अब भन्नुहोस्– भारतमा कुम्भ लगाउने प्रमाण के हो त ? भन्दा त्यही स्कन्धपुराणको ९सुधाविन्दु विनिक्षेपात् अर्थात् अमृतको एक विन्दु झरेको हुँदा नासिक, उज्जैन, प्रयाग र हरिद्वारमा कुम्भमेला भएको देखिन्छ भने नेपालको विजय पर्वतमा त केवल अमृतको विन्दु मात्र नभएर स्वयम् अमृतकलशमाथि ढपक्क जमेको तर या सारलाई नै पिण्डरूप शिवलिङ्ग बनाएर स्थापना गरेको प्रमाण शास्त्रहरूमा मुक्त कण्ठले वर्णन भएको छ । ल भन्नुहोस् १ अमृतको विन्दुको महŒव विशेष हुन्छ कि स्वयम् अमृतकै तर या सारको थुप्रोको त ? विज्ञजनहरू आफै निर्णय गर्नुहोस्– यसै शास्त्रवचनलाई प्रमाण मानी कौशिकीतट प्राचीन हरिद्वार चतराधाममा कुम्भमेला पुनःस्थापना नेपालका जगद्गुरु अनन्त श्री विभूषित श्री बालसन्त महाराजबाट भएको हो ।

प्रथम पिण्डेश्वर महाकुम्भमेला–२०५९
२०५९ साल वैशाख १ गतेदेखि जेठ १ गतेसम्म भव्य रूपले सम्पन्न भएको थियो । गायत्री स्वरूप ब्रह्मचारीजी महाराजद्वारा उद्घाटन भएको नेपालको यस ऐतिहासिक कुम्भमेलामा लगभग २०,००,००० भक्तजनले पवित्र कोका कौशिकी सङ्गमस्थलमा कुम्भस्नान गरेका थिए र उक्त कुम्भमेलामा नेपालका कुम्भमेलाका अन्वेषक श्री श्री १०८ बालसन्त मोहनशरण देवाचार्य महाराजलाई श्री श्री १००८ उपाधिबाट एवम् वराहक्षेत्र प्राचीन हरिद्वार चतराधाम कुम्भनगरीको पीठाधीश्वरको रूपमा अभिषेकसमेत गरिएको थियो । सो कुम्भमेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, मरिसस, बेलायतलगायतबाट सन्त–महन्त, पीठाधीश, मठाधीश आदिको उपस्थिति रहेको थियो र

अर्ध क’म्भमेला ९२०६३र६४०
नेपालको कुम्भमेलाको इतिहासमा पहिलो पटक २०५९ सालमा स्थापित कुम्भमेलालाई निरन्तरता दिने क्रममा २०६३ साल चैत ६ गतेदेखि र २०६४ वैशाख ८ गतेसम्म अर्धकुम्भमेला सम्पन्न भएको थियो र नेपालको कुम्भमेलाको प्रमाणिकता विश्वजनमानसमा पु¥याउने क्रममा रहेको अर्धकुम्भमेलामा वैदिक सनातन धर्मको मूल विद्वत नगरीको रूपमा रहेको काशीलगायत ४ वटा कुम्भमेलाको मूल स्थलमा रहेका भारतीय सन्त–महन्त, विद्वान–विदुषी आदि समेतको उपस्थितिमा सम्पन्न भएको थियो र साथै सो विद्वत सम्मेलनले नेपालमा स्थापित हुनगइरहेको कुम्भमेलालाई प्रामाणिक विश्वकै पाँचौं कुम्भमेलाको रूपमा अनुमोदनसमेत गरेको थियो र २०७० वैशाख चैत्र शुक्ल प्रतिपदा अर्थात् चैत्र १७ गतेदेखि विशाल द्वितीय महाकुम्भमेला आयोजना गर्ने निर्णय गरेको थियो ।

पूर्ण कुम्भमेला ९२०७०र७१०
नेपालमा स्थापित कुम्भमेलाको निरन्तरतासँगै २०७० चैत्र १७ गतेदेखि २०७१ वैशाख १९ गतेसम्म दोस्रो पिण्डेश्वर पूर्ण कुम्भमेला सम्पन्न भएको थियो । यसै सन्दर्भमा नेपालको बृहत् राष्ट्रिय पर्वको रूपमा रहेको कुम्भमेला पूर्वाधार तयारीका लागि कुम्भमेलाका अन्वेषक एवम् संस्थापक अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको निमन्त्रणामा २०७० श्रावण १४ गते प्राचीन हरिद्वार चतराधाम वराहक्षेत्रमा बृहत् भेलाको आयोजना गरियो । जसमा पूर्वाञ्चलका क्षेत्रीय प्रशासकको प्रतिनिधिका साथमा सुनसरी र उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको उपस्थिति रहेको थियो ।

नेपालको कुम्भमेलाको महत्वलाई अत्यन्त नजिकबाट नियालेका नेपाल सरकारका पूर्वसंस्कृति सचिव मोदराज डोटेलसमेतको उपस्थितिमा सोही भेलाले जगद्गुरुको अध्यक्षतामा ११,१११ ९ एघार हजार एक सय एघार० सदस्यीय कुम्भमेला मूल आयोजक समिति गठन गर्ने निर्णय गरिएको थियो । समितिमा तत्कालीन वराहक्षेत्र गाविसका पूर्वअध्यक्ष दलबहादुर पौडेल सह–अध्यक्ष रहने गरी उपाध्यक्षहरू अम्बर कार्की ९तत्कालीन अध्यक्ष, बृहत्तर वराहक्षेत्र विकास समिति०, पूर्वसंस्कृति सचिव मोदराज डोटेल ९काठमाडौं०, इन्दिरा रिजाल ९मोरङ०, विश्वनाथ न्यौपाने ९सप्तरी०, अशोक थापा ९सुनसरी०, देउमाया थापा ९मातृशक्ति, अध्यक्ष०, प्रवक्ता एवम् महासचिव ९प्रह्लाद भट्टराई ९पहरेदार० लाई तोकिएको थियो ।

अर्धकुम्भ ९२०७५र७६०
कुम्भमेलाको निरन्तरताकै क्रममा जगद्गुरु बालसन्तको अध्यक्षता र वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालको सह–अध्यक्षतामा १ हजार सदस्यीय मूलसमिति गठन भयो । नेपाल सरकारका तर्फबाट प्रदेश सरकारले कुम्भका लागि ५० लाख रुपैयाँ विनियोजन ग¥यो । र, सम्पर्क व्यक्ति मुख्यमन्त्री शेरधन राईले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई तोकिदिए । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिएको मेलामा मौसमको प्रतिकूलताका कारण प्रधानमन्त्रीको उपस्थिति नभएपछि मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरे ।

आइतबार, २४ चैत, २०७५, बिहानको ०९:५२ बजे

सम्बन्धित खवर