बैशाख २४, २०७६ धनकुटा /  धनकुटालाई प्रदेश एकको राजधानी नबनाएको भन्दै आन्दोलन सुरु भएको छ। धनकुटा प्रादेशिक राजधानी अभियान समितिका अनुसार मंगलबार चक्काजाम र राति ब्ल्याक आउट (बत्ती निभाउने) कार्यक्रम राखिएको छ। धनकुटाको अस्तित्व, पहिचान र इतिहासलाई समाप्त गर्ने निर्णय भएकाले धनकुटालाई आन्दोलन थालिएको हो। धनकुटाको अस्तित्व जीवन्त राख्दै विकास र समृद्धिको खोजीमा मंगलबार दिनको १२ बजे देखि १ बजेसम्म चक्काजाम र बेलुका ७ बजेदेखि साढे ७ बजेसम्म ब्ल्याक आउट कार्यक्रम तय भएको धनकुटा प्रादेशिक राजधानी अभियान समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिए। धनकुटालाई पुरै समाप्त गरी मार्ने काम भएकाले प्रदेश राजधानी घोषणालाई कालो दिनका रुपमा मनाउने निर्यय भएको उनले बताए । धनकुटालाई जीवन्त बनाउने निर्णय नभएसम्म आन्दोलन नरोकिने श्रेष्ठको भनाई छ। धनकुटाबासीले यसअघि पनि पटकपटक राजधानी माग्दै आन्दोलन गर्दै आएका थिए।

Facebook Comments Box