मोरङ/ नेपाल समाजवादी पार्टी मोरङले नयाँ नेतृत्व पाएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा गठन भएको नेपाल समाजवादी मोरङको संयोजकमा त्रिलोचन गौतम चयन भएका छन्।

उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीमा केही महिनाअघि अलग भएका भट्टराईले नेपाल समाजवादी पार्टी बनाएका हुन्।

गौतमको नेतृत्वमा मोरङमा ५१ सदस्य जिल्ला कार्यसमिति चयन भएको हो। गौतम बाबुराममा विश्वासिलो पात्रको रुपमा मानिन्छ।

नयाँ शक्ति गठन भएदेखि नै संघीय परिषदको सदस्य बनेका गौतम उपेन्द्र यादवसँग पार्टी एकीकरण गरेर जनता समाजवादी पार्टी बन्दा पनि संघीय परिषद सदस्य एवम् मोरङ जिल्ला उपाध्यक्ष बनेका थिए। संगठनको काममा दिनरात आफ्नै लगानीमा काम गर्ने गौतम पछिल्लो समय समाजसेवीको रुपमा समेत आफ्ना पहिचान बनाएका हुन्।

उपेन्द्रसँग भट्टराई अलग हुन बित्तिकै उनलाई संयोजक बनाएको छ। गौतमका अनुसार जसपामा रहेका अन्य साथीहरु पनि आउने भएकाले जिल्ला कार्यसमितिलाई विस्तार नगरेको बताए।

अहिले ५१ जना सक्रिय सदस्यहरु आएको र अरु प्रमुख पदमा रहेका व्यक्तिहरु आउने भनेकाले जिल्ला समितिलाई विस्तार नगरेको बताए। केही दिनमा नै कार्यसमितिलाई विस्तार गरेर अगामी निर्वाचन लक्षित कार्यक्रम अघि बढाउने उनले बताए।

मोरङ प्रत्येक क्षेत्रमा प्रतिनिधिसभा र प्रदेशमा उम्मेदवारी दिने गरी काम अघि बढाएको उनले बताए। उनले आफै नै प्रदेश सभाको ६ (ख) वाट उम्मेदवारी दिने तयारी गरेको सुनाए।

Facebook Comments Box