ठेक्का लागेर पनि सुस्त योजना

झापा/ झापाका प्रदेशस्तरीय योजना जो ठेक्का लागेर पनि सुस्त रहेका छन् । ठेकदारले आलटाल गर्दा प्रदेशस्तिरीय कतिपय महत्वका योजनाहरु अलपत्र अवस्थामा रहेका छन् ।झापाको भद्रपुर फडानीपुल इँटाभट्टा बौद्धमोड सलकपुर इलाम सडक भने १६ प्रतिशत मात्रै प्रगति भएको छ । झापाकै अमरपथ सडक कनकाई ३ सुरुङ्गादेखि बोर्डरसम्म प्याकेज २ को सडकको प्रगति २५ प्रतिशत हुँदा भद्रपुर ज्यामिरगढी धुलाबारी–गुजा बस्ती मागुर्माडी शान्तिनगर हुँदै इरौटार (धुलाबारी इरौटार खण्ड)को सडकको प्रगति ३२ प्रतिशत मात्रै छ । मेची राजमार्ग बागाडागीबाट उत्तर सीतागढी हुँदै बालुबाडी हल्दीबारी विर्तामोड सडकको पनि भौतिक प्रगति १७ प्रतिशत मात्रै छ ।
कन्काई नगरपालिका ८ लक्ष्मीपुरचोकबाट घाघ्रा खोला सिमाना गोकुल मार्ग हुलाकी मार्ग लक्डीगढी हुँदै सितलचोक विरिङ पुलसम्मको सडकको प्रगति पनि १७ प्रतिशत, प्रादेशिक रणनीतिक सडकमा पर्ने मदनपुर हच्मसा सामुदायिक भवनदेखि सिरान हुँदै फर्सिबारी सडक, अर्जुनधारा १ झापाको बहुवर्षीय सडकको प्रगति शून्य छ ।
बिरिङ खोलाको मोटरेवल पुल काजीटार बडहरे इलामको प्रगति १२ प्रतिशत, फाकफोक खोला इलामको पुल निर्माणको प्रगति २० प्रतिशत मात्रै छ । यस्तै ठूलोनेते खोला मोटरेबल पुल अर्जुनधारा नगरपालिका २ झापाको प्रगति अहिलेसम्म भएकै छैन ।

