सशस्त्र प्रहरीले ३२९७ जना प्रहरी जवान माग्यो

फागुन २४, २०७५, काठमाडौं/ सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको हो ।


सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ जना गरी कूल ३२ सय ९७ जना जवान माग गरिएको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि आगामी चैत २५ गतेभित्र आवेदन दिन सक्नेछन् ।
Facebook Comments Box