एमाले निकट युवा संघको गौरादह नगर समितीको अध्यक्षमा बिपिन ओझा चयन

बैकल्पिक खवर

                                                                        गौरादह / नेकपा एमाले निकट राष्ट्रिय युवासंघ गौरादह नगर समितीको अध्यक्षमा बिपिन ओझा चयन भएका छन । हिजो जुरोपानी स्थित सामुदायिक भवनमा आयोजित नगर स्तरीय युवा भेला बाट ओझाको नेतृत्वमा ९१ सदस्यिय नगर कमिटि गठन भएको छ हो ।
नेकपा एमाले गौरादह नगर समितीले आयोजना गरेको उक्त भेलाबाट ओझाको नेतृत्वमा सर्वसम्मत नयाँ समिती चयन गरिएको युवा संघका केन्द्रीय सदस्य उपेन्द्र निरौला ले जानकारी दिए । भेलाबाट अध्यक्षमा बिपिन ओझा ,उपाध्यक्ष बुलबुल सुब्बा , सचिब केवल कट्वाल,सह- सचिब मनिका निरौला र कोसाध्यक्षमा यमुना सोडारी ( चौहान) चयन भएका छन ।

एमाले गौरादह नगर समिती अध्यक्ष मित्र काफ्लेले संचालन गरेको सो कार्यक्रम नगर इन्चार्ज बलराम खरेलको अध्यक्षता सम्पन्न भएको थियो । संविधानसभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त भेलालाई युवा संघका केन्द्रिय सदस्य उपेन्द्र निरौलाले स्वागत गरेका थिए ।

राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष सम्भु भण्डारीले नव गठित समितीका पधादिकारी तथा सदस्यहरु लाई सपथ ग्रहण गराएका थिए । सो कार्यक्रममा नवगठित समितीलाई युवा संघका स्थाइ समिती सदस्य पर्वतराज भण्डारी,अनिता कन्दङ्वा र मदन अधिकारीले निर्देशनात्मक मन्तब्य तथा प्रक्षिकक्षण दिएका थिए ।

एमाले भित्रीको बिबादका कारण देशभर माधब – खनाल समुहले समानन्तर समितीहरु निर्माण गरिरहेको अवस्थामा गौरादहमा भने माधब – खनाल समुहमा अहिलेसम्म कोही पनि खुलेका छैनन ।

बिहिबार, २६ चैत, २०७७, दिउँसोको १२:२३ बजे

सम्बन्धित खवर