लेटाङ //  सामुदायिक वन महासंघ नेपाल जिल्ला महासंघ मोरङको अध्यक्षमा राम कृष्ण राई विजयी हुनुभएको छ। संघको शनिबार सम्पन्न छैठौं अधिवेशनले सर्वसम्मतिबाट राईको अध्यक्षतामा २० सदस्य नयाँकार्य समिति गठन गरेको हो।

त्यस्तै संघको उपाध्यक्ष सुभद्रा भट्टराई, सचिव बालकुमारी कट्टेल, कोषाध्यक्ष विध्या चापागाईं रहनुभएको छ। अधिवेसनले पुष्पा खत्रीको संयोजकत्वमा तीन सदस्य न्यायीक समितिको गठन गरको छ भने डम्बर श्रेष्ठको संयोजकत्वमा तीन सदस्य लेखा तथा अनुगमन समिति समेत गठन गरेको छ।

मोरङको लेटाङ ४ स्थित जनसेवा सामुदायिक वनको सभाहलमा भएको सो अधिवेशनमा अधिकांश वक्ताहरुले हाल सामुदायीक वन र साझेदारी वनमा संचालित वैज्ञानिक वनको अवधारणाको विरोध गरेका थिए।

प्रमुख अतिथि पृर्व संविधानसभा सदस्य एवं पुर्व महासंघ मोरङ अध्यक्ष डिकबहादुर लिम्बूले सामुदायीक वन सबैले मिलेर जोगाउने तर समितिका केहि पधाधिकारीको चलाखी पुर्ण तरिकाबाट वनलाई डुवाउने पद्दति समेत वनमा वढ्न थालेकाले सबैले बेलैमा सचेत हुनुपर्ने बताउनुभएको छ। उहाँले सामुदायीक वनका अभियन्ता वन मास्ने हैन, वन जोगाउने अभियानतर्फ लाग्नु पर्ने सुझाव समेत दिनुभएको छ।

उचयनचबmज्ञ

यसैगरी मोेरङ एक ख का प्रदेश सभासदस्य उपेन्द्र घिमिरले हिजो संघर्षबाट प्राप्त गरेको सामुदायीक वनको चौतर्फी आमक्रमण भइरहेको भन्दै यसलाई रोक्न तथा वन रक्षा गर्न आफु एक्लै भए पनि लाग्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ।

त्यस्तै महासंघ कोषाध्यक्ष पार्वती गौतमले वैज्ञानिक वन नाम मात्रको वैज्ञानिक भएको, काम भने अति अवैज्ञानिक रहेको वताउनुभएको छ। उहाँले यो अवधारणाले दलित तथा पिछडा वर्ग ,महिलाआदिको अधिकार हनन् गरेको बताउनुभएको छ।

निवर्तमान अध्यक्ष अग्नि पौडेलको सभापतित्वमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि पृर्व संविधानसभा सदस्य एवं पुर्व महासंघ मोरङ अध्यक्ष डिक बहादुर लिम्बु, प्रदेश सभा सदस्य उपेन्द्र घिमिरे तथा महासंघ कोषाध्यक्ष पार्वती गौतमलगायतको उपस्थिति थियो।

Facebook Comments Box