नेपालले ३६ वटा एकदिवसीय क्रिकेट खेल्ने, पहिलो खेल माघमा

नेपालले आउँदो फेब्रुअरी ५ देखि १२ तारिखसम्म कीर्तिपुरमै त्रिकोणात्मक श्रृंखला खेल्ने भएको छ । एकदिवसीय मान्यता पाएको झण्डै दुई वर्षपछि घरेलु मैदानमा हुने यो श्रृंखला नेपाल, ओमन र अमेरिकाबीच हुनेछ ।


अन्तर्रा्िष्ट्रय क्रिकेट काउन्सिल (आईसीसी)ले मंगलबार क्रिकेट वल्र्ड कप लिग–२ को तालिका सार्वजनिक गर्दै यो जानकारी प्रकाशित गरेको हो । आईसीसीले एकदिवसीय मान्यता पाएको ७ देशका लागि पहिलो पटक क्रिकेट वर्ल्डकप लिग २ को अवधारणा ल्याएको हो । लिग १४–२१ अगष्ट, २०१९ देखि स्कटल्याण्डबाट शुरु हुनेछ । श्रृंखलामा स्टकल्याण्ड, ओमान र पपुवा न्यूगिनी छन् ।
‘रोड टु इण्डिया’ भनिएको यो लिग भारतमा सन् २०२३ मा हुने विश्वकपको छनोट प्रतियोगिता पनि हो । एकदिवसीय टोलीका प्रत्येकले ३६ खेल खेल्न पाउने गरि आईसीसीले तालिका बनाएको छ । नेपालले आफ्नो दोस्रो त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेल्नेछ । अप्रिल २०–२७ मा हुने सिरिजमा नेपाल र नामिबियाबाहेक स्कटल्याण्ड पनि हुनेछ ।
त्यस्तै तेस्रो श्रृंखला ९–१६ जुनमा पपुआ न्यू गिनीमा आयोजक राष्ट्र र यूइईविरुद्ध खेल्नेछ । त्यसपछिका ६ वटा त्रिकोणात्मक श्रृंखलाको भने निश्चित मिति तोक्न बाँकी छ । जनवरी, २०२२ मा यो लिगको श्रृंखला सकिने छ । नेपालले एकवर्षयता नेदरल्याण्ड्स र युएईसँग एकदिवसीय सिरिज खेलेको छ । जसमा, पहिलोमा बराबरी र दोस्रोमा जित हात पारेको छ ।