भारतबाट भित्रिने केरा र भुइँकटहरमा खानै नमिल्ने खालको विषादी

विराटनगर, २३ असार । भारतबाट नेपाल आयात गरिएका केरा र भुइँकटहरमा खानै नमिल्ने गरी बढी विषादी पाइएको छ । प्रदेश १ का मोरङ, सुनसरी र झापाका बिभिन्न नाकाहरुबाट नेपाल भित्रिएका फलफुल तथा कृषीजन्य वस्तहरुुको परीक्षण गर्दा यस्तो पाइएको हो ।


‘हामीले नमुना परीक्षण गर्दा केरा र भुइँकटहरमा विषादीको रुकावट ४५ प्रतिशतभन्दा बढी पनि भेटियो,’ प्रदेश १ विषादी मापन प्रगोशाला बिर्तामोडकी प्राविधिक सहायक अञ्जु आचार्यले भनिन् , यो मात्रामा बिसादी भएको कुनैपनि उपभोग्य वस्तु खान मिल्दैन’
उनका अनुसार विषादीको रुकावट प्रतिशत ३५ सम्म खान मिल्छ । ३५ देखी ४५ सम्म भए केहि दिन राखेर खानुपर्छ । ४५ भन्दा माथि भेटिए खान मिल्दैन । सरकारले विषादीको अनिवार्य परीक्षण गर्ने निर्णय गरेसँगै उक्त प्रयोगशालाले दैनिक ८० वटासम्म नमुना जाँचेको थियो । तीन नाकाबाट आएका नमुना दैनिक परीक्षण गरेर बढीमा २ दिनमै रिपोर्ट दिएको उनले जानकारी दिइन् ।
प्रयोगशालाले भारतबाट आयात गरिएका केरा, भुईँकटहर, स्याउ, आँप, अनार, कागती, खरबुजा, आलु, प्याज, पानको पात, खुर्सानी, भेँडे खुर्सानी, मेवा र मौसमको नमुना परीक्षण गरेको छ ।