रियो डे जेनेरियो — ब्राजिलले आइतबार आफ्नै भूमिमा भएको कोपा अमेरिका जितेको छ । उस्लाइ यो जित निकाल्न १२ बर्ष पर्खनु परेको थियो ,। उसले फाइनलमा पेरुलाई ३–१ ले हरायो । त्यसमा ग्याब्रिएल जेससले एक गोल गरे र अर्को गोलमा सहयोगी भूमिका पनि निभाए ।

पछि उनी दोस्रो पहेँलो कार्ड खाएर मैदान छाड्न पनि बाध्य रहे। जेससले गोलको खाता खोलेयता एभरटनले दोस्रो गोल थपे। पेरुका लागि पाओलो गुरेरोले पेनाल्टीबाट एक गोल फर्काए।ब्राजिलको तेस्रो गोल रिचार्लिसनको नाममा रह्यो। ब्राजिलले कोपा अमेरिका जितेको १२ वर्षयता यो पहिलो पल्ट हो।

Facebook Comments Box