समाजवादी पार्टी झापा जिल्लाको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । हिजो बिर्तामोड स्थित होटल तिनजुरेको सभाहलमा पार्टीका जिल्ला अध्य्क्ष दीपेन वाला राइको अद्यक्षतामा सो बैठक सम्पन्न भएको हो । बैठकले सामायोजन तथा अन्य बिषयमा महत्वपूर्ण निर्णय गरेको समाजवादी पार्टीका जिल्ला सचिब पुष्प पौडेलले जानकारी दिए।

हिजो सम्पन्न भएको सो बैठकले जिल्ला सचिवालयको गठन, स्थानीय निकाय सामायोजनको बारेमा कार्यदल निर्माण, हालसम्म समायोजन भएका गाउपालिका तथा नगरपालिकालाई अनुमोदन र अन्य समसामयिक गतिविधिबारे महत्वपूर्ण निर्णयहरू गरेको जिल्ला अध्य्क्ष दीपेन वाला राइले बताए ।
जिल्ला सचिब पुष्प पौडेलले संचालन गरेको सो बैठकमा समाजवादी पार्टीका केन्द्रीय सदश्य पृथिवि नारायण कार्की, गजेन्द्र लावती, कृष्ण उदाश लगायतका नेताहरुले बैठकको औचित्य र भर्खरै सम्पन्न पार्टी केन्द्रको संघीय परिसद बैठक र केन्द्रीय समितिको बैठकको निर्णयको बारेमा प्रकाश पारेको जनाइएको छ ।

Facebook Comments Box