समाजवादी पार्टी इटहरी नगर कमिटीको प्रथम बैठक सम्पन्न भएको छ । हिजो इटहरी स्थित सत्कार होटलमा नगर अध्य्क्ष डिल्ली सुब्बाको अध्यक्षतामा सम्पन्नले बैठकले बिभिन्न निर्णयहरू गरेको नगर उपाद्यक्ष उपेन्द्र श्रेस्ठले जानकारी दिए ।
बैठकले उपाद्यक्ष श्रेस्ठले राखेको ८ जना नगर सदश्य मनोनयनको प्रस्ताब अनुमोदन गरेको छ । त्यस्तै उपाद्यक्ष जयमणि राइले राखेको २६ बूंदे आचारसंहिता प्रस्ताब पनि पारित गर्नुका साथै बैठकले नगर सचिवालय पनि अनुमोदन गरेको छ ।
बैठकले नगरका इन्चार्ज तथा सह इन्चार्जको जिम्मेवारी समेत बांडफाड़ गर्नुका साथै पार्टी प्रबेश गरेका माफुज आलमलाई नगर समितिमा स्वागत गरेको उपाद्यक्ष श्रेस्ठले जानकारी दिए । अतिथितिहरू समाजवादी पार्टीका केन्द्रीय सदश्य तथा प्रदेश उपाद्यक्ष उमेश थापा, समाजबादि थारु संगठनका केन्द्रीय अध्यक्ष शम्भु चौधरि , प्रदेस कमिटि सदस्य दिपेस राई, तारा पोख्रेल लगायतले सुभकामाना तथा प्रशिक्षणमूलक मन्तव्य राखेको सो नगर समिति बैठकमा उपाद्यक्ष गायत्री आलेले स्वागत मन्तव्य राखेकी थिइन ।

Facebook Comments Box