डा. केदार कार्की, बरिष्ठ पशु चिकित्सक

पशु चिकित्सामा औषधिको धेरै महत्व हुने गर्दछ । ग्रामीण कृयषक आर्थिक कमी, जंगलमा जडिबुटिको प्रचुर उपलब्धताका कारण तथा तीनको औषधिजन्य उपयोगको जानकारी भएका कारण महंगो एलोप्याथीक औषधि कमै गर्ने गर्दछन् । प्राय जसो ग्रामिण किशान परंपरागत घरेलु उपचारमा बढी विश्वास गर्दछन् । परंपरागत औषधिले उपचार गर्दा कुनै नराम्रो असर गर्दैन कम खर्चिलो हुनुको साथै उपचार प्रभावशाली पनि हुने गर्दछ । तर शहरी वरीपरीका किसानले भने आफ्नो पशुको उपचार एलोपेथीक औषधि प्रयोग गरी गर्ने गराउछन् । तर यी औषधीहरुको अत्याधिक प्रयोगले गर्दा जिवाणु विषणु एंव परजीवीमा लामो समय पछि रोग प्रतिकारक शक्ति पैदा हुने गर्दछ । जस्का कारण महंगा औषधीको उपयोगगले लाभ हुनको साटो क्षती बढी हुने गर्दछ । यसैले परम्परागत औषधि उपचारको महत्व बढेर जान्छ । कतीपय आदिवाशी जनजाती समुदायका पशुपालक विभिन्न खाले औषधिजन्य जडिबुटि विरुवाको महत्व गुण एव दोष वारे जानकार हुने गर्दइछन् र तीनको प्रयोग सुझ बुझका साथ गर्दछन् ।

धेरै समय देखि परम्परागत जडिबुटीको परम्परागत ज्ञान जीउदो राख्ने आवश्यकता महशुश हुदैछ, नत्र भने यो ज्ञान प्रविधि अघिल्लो पुस्ता सँगै लोप भएर जाने खत्रा छ । यस्का साथै हामीलाई आधुनिक पशु चिकित्सा विज्ञानलाई पनि सँगै लगेर जानु पर्ने पनि छ । हाम्रो प्रयास यो हुनु पर्ने छ कि आधुनिक पशु चिकित्सा विज्ञान तथा परम्परागत पशु चिकित्सा ज्ञानको विच सेतु स्थापीत होस तथा अदभुत गुण भएका जडिबुटीहरु पशुचिकित्सामा अझ बढी प्रयोग होस ।

गाउँघरमा कुखुराहरुको रेखदेख राम्रो सँग हुन नसकनाले कुखुरा पालकलाइई समुचिक पाइदा भई राखेको छैन । ग्रामीण कुखुराहरुमा मृत्युदर बढी हुने गर्दछ । यदि ग्रामिण कुखुरा पालन को व्यवीथापनमा केही सुधार गर्न सकिए कुखुराको रोगहरुको रोकथाम गर्ने हो कुखुरा पालक कृषकको आयमा यथोचित बढोत्तरी गराउन सकिन्छ । ग्रामिण कुखुराहरुमा रानीखेत, बिफर रुघा खोकी छेर्ने जस्ता रोगबढी ग्रामीण कुखुराहरुमा रानीखेत विफर रुघा खोकी छेर्ने जस्ता रोगबढी देखिन्छ ।

यो रोगहरुले ग्रसीत कुखुराहरुको उपचार ग्रामीण क्षेत्रमा हुन नसकनाका कारण कुखुराको मृत्यु दर बढीहुने गर्दछ । पशुचिकित्सालय एंव औषधि पसलहरुको सुलभ उपलब्धता नहुनुका कारण उपचार सेवा सुलभ उपलब्ध हुन पाउँदैन । ग्रामीण कृषकलाई वनक्षेत्रमा उपलब्ध औषधिजन्य बिरुवा तथा जडिबुटी बारे अलि कति जानकारी भने हुने गर्दछ । यदि यस ज्ञानलार्य समुचीत प्रयोग गरी स्थानिय कृषक एंव ग्रामीण पशु स्वास्थ्य कर्तालाई प्रशिक्षित गर्ने हो भने ग्रामीण कृषकले आफ्ना पशु उपचार गर्न सस्तो एंव सुलभउपचार सेवा प्राप्त गर्न सक्छन् । ग्रामीण क्षेत्रमा पालीने कुखुरामा देखा पर्ने केही रोगहरुलाई निम्न बमोजिम परम्परागत परम्परागत औषधि प्रयोग गरी उपचार गर्न सकिन्छ ।

रुगा खोकी स् कुखुरालाई लागेमा
ग्रामिण कुखुराहरु खासगरी खुल्ला छोडेर पाल्ने गरिन्छ । चीसो एंव झरीको बेला कुखुराहरु प्रायः जसो रुघाखोकी बाट ग्रसीत हुने गर्दछन । ग्रामीण क्षेत्रमा पाइने बेसार लसुन अदुवाका बिरुवाको प्रयोग बाट यो समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तो बेला बेसार अदुवाको गानो पिधेर व्याज पिधेर दानामा मिसाएर खुवाउन सकिन्छ ।

छेरपट्टी लागेमा 
ग्रामिण कुखुराहरु खुलामा पालिने हुँदा चराहरुले फोहर ठाँउमा जमेको पानी पिउने हुँदा चीनको पेटमा विभिन्न खाले संक्रमण उत्पन्न हुने गर्दछन जस्ले गर्दा यीनलाई विभिन्न खाले रोग लाग्ने गर्दछ जुन झाडा पखालाका क्षरणका साथ देखा पर्दछ । यस्कारण कुखुराालई सध सफा पानी उपलब्ध गारउनु पर्दछ । लसुनको पाल एव बेसारको खैरो शख्खरमा बेसारको धुलो मिसाएको झोला भातको माड गहुको चोकर दानामा मिसाएर दिदा झाडा पखाला निको हुने गर्दछ ।

जुका परेमा 
फोहोर बातावरणमा ग्रामीण कुखुरा पालीने हुँदा यीनमा विभिन्न खालेजुका पर्ने संभावना हुन्छ । जुकाका फूल बाट संक्रमित दाना आहारा पानीको माधयमबाट जुकाका फूल कुखुराको पेटमा पुग्दछन् र नयाँ जुकाको रुपमा विकशीत हुने गर्दछन । यी जुकाले कुखुराको पेटमा तयार उपलब्ध आहारा उपभोग गर्दछन् र कुखुरालाई कमजोर बनाउछन् र आफ्नो संख्या बृद्ध गराउछन् । यसरी कुखुरालाई कमजोर बनाउछन् र आफ्नो संख्या वृद्धि गराउछन् । यसरी कुखुराको पेटमा भएका जुका क्रमस बयस्क हुदै जान्छन् अनि फूल पार्छन जुन कुखुराको विष्टा हुदै बाहिर बातावरणमा मिसीएर दाना आहारा प्रदुषण गराउछन् तथा पुन सक्रमण गउाउछन ।

जव सम्म कुखुरालाई कृषि जुका नाशक औषधि प्रयोग गरी उपचार गरीेदैन । ग्रामिण स्तरमा मेवाको भित्रकोभागमा भएको रस पानीमा मिसाएर दिएमा यस्ले जुका नाशककोे काम गर्दछ । यसैगरी बेसार अदुवाको गानो पिधेर निकालेको रस पनि कुखुरालाई पानीमा हालेर पिउन दिन सकिन्छ । लसुनको पात पिधेर दानामा मिसाएर दिदा हुन्छ । अनारको लाना पिधेर रस बनाएर कुखुरालाई खुवाउन सकिन्छ ।

दुशी जन्य रोगमा 

लसुनको पात पिधेर दानामा नियमीत दिन सकिन्छ साथै बेसारको गानो पिंधेर पानीमा नियमीत दिनाले ढुशीजन्य रोगबाट बचाउन सकिन्छ ।

बिफर 
मरीचको दाना पिधेर कुखुरालाई खान दिनाले यस्को घातकता कम गर्न सकिन्छ । बिफरको घाउमा मरीचको धुलोको लेप प्रयोग गर्न सकिन्छ । खोरसानीको धुलो दानामा मिसाएर खान दिादा पनि रोग नीको हुछ ।

रानी खेत 
रानीखेत कुखुराको घातक विरामी मानिन्छ । यसको उपचार संभव छेन । पुर्व खोप लगाउनु नै यसबाट बचाउने एक मात्र उपाय मानिन्छ । कुखुराको लक्षण अनुसार रुघाखोकी झाडा पखाला जन्य लक्षणको उपचार गरी यस्को घातकता क मगर्न सकिन्छ ।

घाउ खटिरा 
कुखुराहरु खुला ठाउँमा पालिने हुदा विभिन्न खाले चोट पटक एंव घाउ हुने गर्दछ । कहिले काही कुखुराहरु आपसमा लडला ठुंगाठुंग गर्दा पनि चोटग्रस्त हुने गर्दछन । यी घाउ अन्य जीवाणुका संक्रमणका कारण विग्रन सक्छन् । जस्को उपचार गाहे हुन्छ । लसुनको पात वेसारको गानो बराबर मात्रामा पिधेर नारीयको तेलमा मिसाएर लेप बनाइ घाउको उपचार गर्न सकिन्छ । काठकोधुलो नीमको पातको पिधेर बनाएको लेप बरको रुख को दुध जस्तो लेप घाउमा परेको औसा किरा निकाल्छ पिधेको वेसारको धुलो लेपले घाउ चाडै निको पार्छ । काचो आट पिधेर लागउनेले औसा बाहीर आउछ ।

Facebook Comments Box