होटल व्यवसायी महासंघ प्रदेश एकको अध्यक्षमा  दंगाल

दमक/ होटल व्यवसायी महासंघ प्रदेश नम्बर १ को आज सोमबार विर्तामोडमा सम्पन्न प्रदेशस्तरीय अधिवेशनले दमकका होटल व्यवसायी राजन दंगालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
दंगाल करिब डेढ दशकदेखि दमकमा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी नेता हुन । दंगालको अध्यक्षतामा सर्वसम्मत चयन भएको महासंघको प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा महेन्द्र ढुङ्गाना, उपाध्यक्षमा देवी प्रसाद पौडेल, जे पी राई, गोविन्द थापा महासचिवमा बासु बराल, सचिवमा शिव अधिकारी , सहसचिव दिल कुमारी श्रेष्ठ , कोषाध्यक्षमा इन्दिरा श्रेष्ठ सह कोषाध्यक्षमा राजन प्रधान चुनिएका छन ।

त्यसैगरी सदस्यहरुमा प्रेम सापकोटा ,लाल बहादुर श्रेष्ठ ,पुनम थापा मगर, पदमलाल लम्साल ,बिमल भण्डारी, दिनेश खनाल ,पोक्षरन्त पोखरेल निर्विरोध निर्वाचित भएका जनाइएको छ । महासंघका प्रदेश अध्यक्ष मनिन्द्र कटुवालको अध्यक्षता र विर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटीको प्रमुख आतिथ्यमा साइ पाटी प्यालेस विर्तामोडमा सो अधिवेशन सम्पन्न भएको थियो ।

मङ्गलबार, २५ फागुन, २०७७, बिहानको १०:५८ बजे

सम्बन्धित खवर