झापामा दुर्घटना, एकजनाको मृत्यु, एकजना घाइते

२५ फागुन, झापा/ बस र स्कुटर एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका-९ एलम्बर चोकस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २७४६ नम्बरको बस र को ३८ प ४१९४ नम्बरको स्कुटर मंगलबार एकआपसमा ठोक्किँदा इलामको चुलाचुली गाउँपालिका-४ बस्ने ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार देवान स्कुटर चालक हुन् । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण राईको बीएण्डसीमै उपचार भइरहेको छ ।

मङ्गलबार, २५ फागुन, २०७७, दिउँसोको ०२:०७ बजे

सम्बन्धित खवर