दमक / दमकका सहकारी सञ्चालकहरुले बाहिर चलेको हल्लाजस्तो समस्यामा सहकारीहरु नडुबेको बताएका छन् ।
दमक उद्योग वाणिज्य संघले बुधबार आयोजना गरेको सहकारी सञ्चालकहरुसँगको अन्तरक्रियामा उनीहरुले यस्तो बताएका हुन् । कार्यक्रममा सहकारी अभियन्ताहरुले तुलसी लगायतका सहकारीहरु डुब्नु र सेयर सदस्यहरुको पैसा फस्नुले एउटा विराउने शाखा पिराउने भनेजस्तै भएको र त्यसको असर अरु सहकारीलाई पनि परेको बताए ।
सहकारी अभियनताहरुले पछिल्लो समय सहकारीबाट पैसा झिक्ने र बैंकहरुमा लगेर जम्मा गर्ने गरेको भन्दै सहकारीप्रति विश्वासनीयता नहुनु र सेयर सदस्य र ब्यवसायीको बैंकप्रति विश्वास बढ्नुले सहकारीको भविश्य भने अझै खतरामुक्त नरहेको औंल्याएका छन् ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघ लेखा सुपरिवेक्षण समितिका संयोजक चुँडामणी ओझाले पछिल्लो समय सहकारीहरुले बैंकसँग प्रतिष्पर्धा गर्नु परेको भन्दै सहकारीहरु मर्ज गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष प्रेम कोइरालाले ऋिणी र सेयर सदस्यहरुले बजारमा चलेको हल्लाका पछि नलाग्न आग्रह गर्दै आफूले लिएको ऋण तिर्दिन भन्नु गलत भएको बताए । उनले बरु सञ्चालकहरुसँग सल्लाह गरेर आपसी समझ्दारीमा केही सहुलियत, समयसीमा वा प्रतिशत छुटको ब्यवस्था मिलाउन सकिने बताए ।
जिल्ला बचत तथा ऋिण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपानेले सहकारीमाथि शंका बढ्दै गएकोले बैंकसरह सहकारीले काम गर्न र सेवादिन सक्छन् भन्ने विश्वास दिलाउन सञ्चालकहरु आफै सक्रिय हुनुपर्ने बताए । उनले बजारमा चलेको भ्रम चिर्न सञ्चारकर्मीसँग पनि सकारात्मक पहलको अपेक्षा गरेको बताए ।
यसैगरी मेची सहकारी संंस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले केही बैंकहरुसँग प्रतिस्पर्धा गरेर सहकारी चल्न नसक्ने भएकाले सहकारीले सहकारीकै नियम र मापदण्ड अनुसार चल्नसक्नुपर्ने विचार ब्यक्त गरे ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका लेखा समिति संयोजक नेत्रप्रसाद चौलागाँईले सहकारीहरु अपसमा ऋण र धितोमा प्रतिष्पर्धा गर्नुभन्दा मर्ज गरर अगाडी बढ्नु बुद्धिमानी हुने र सरल सेवा दिन सकिने बताए । उनले आफू अनुसासित हुन सके बजारमा चलेको हल्ला आफै सेलाउँदै जान विश्वास ब्यक्त गरे ।
कार्यक्रममा अधिकांश सञ्चालकहरुले मुलुकको अर्थतन्त्र खस्कँदो अवस्थामा रहेकाले अर्थतन्त्रको गिरावट रोक्न नगरपालिकाले सहकारी सञ्चालक र ऋणीविच सम्वन्यकारी भूमिका खेल्नुपर्ने अपेक्षा गरेको बताए ।
दमक उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष गोकुल श्रेष्ठले सहकारीले सदस्यहरुलाई ऋण दिँदा उद्योग बाणिज्य संघ सँग सम्वन्वय गरे दोहोरो अभिलेख रहने र बेइमानी कम हुने सुझाव दिए ।
कार्यक्रम आयोजकका तर्फबाट दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले उद्योग वाणिज्य संघ सबैको साझा संस्था भएकाले उद्योगी, ब्यवसायी र ऋणीविच सम्वन्यकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष घनेन्द्र सुब्बा, पदाधिकारी, सदस्यहरु, दमकका सहकारी सञ्चालक, ब्यवस्थापक, सहकारी अभियन्ताहरुको उपश्थिति रहेको थियो ।

 

Facebook Comments Box