रामसहायप्रसादलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त

२५ फागुन, काठमाडौं / जसपाले बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेसँगै पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फेरि चुनाव लड्ने मार्गप्रशस्त भएको छ ।


राष्ट्रपतिमा रामचन्द्र पौडेलललाई जिताउने गठबन्धनकै तर्फबाट उपराष्ट्रपति यादव चुनाव लड्ने भएका कारण उनी जित्ने पक्का छ । त्यसमाथि एमालेले उपराष्ट्रपति पदमा उम्मेदवारी नदिने धेरै सम्भावना छ । एमालेले भोलि शुक्रबार पार्टी केन्द्रीय कार्यालय बैठक डाकेर यसबारे औपचारिक निर्णय गर्ने सम्भावना छ ।
उनको जितसँगै रिक्त हुने बारा २ को निर्वाचन क्षेत्रमा पार्टी अध्यक्ष उपेन्द्र यादव लड्न चाहन्छन् । यादव यसअघि सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित थिए ।
Facebook Comments Box