नयाँ शक्ति विद्यार्थी युनियनको ईकाई कमिटिको अध्यक्षमा अनिष

इटहरी, / नयाँ शक्ति विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इकाई कमिटिको प्रथम ईकाई सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट २८ सदस्यीय समिति गठन भएको छ । अध्यक्षमा अनिष खत्री, बरिष्ठ उपाध्यक्ष प्रबिण दाहाल, उपाध्यक्ष बिरु यादव, सुबास खनाल, तीर्था खड्का, सचिव जितेन राई, सह–सचिव चन्द्र बिश्वकर्मा, नवराज नेपाल र कोषाध्यक्षमा गुणा थापा सर्बसम्मत चयन भएका छन् ।


नयाँ शक्ति पार्टीका केन्द्रीय महासचिव नेत्र प्रसाद चापागाईँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । उनले कार्यक्रममा बोल्दै देशको अग्रणी भूमिका विद्यार्थीको रहेको बताउँदै आगामी नेतृत्वका लागि शुभकामना दिएका थिए । कार्यक्रममा नयाँ शक्तिका केन्द्रीय उपाध्यक्ष सिताराम सुचारु, प्रदेश इन्चार्ज दिनेश दंगाल, प्रदेश संयोजक कमल पोखरेल, सुनसरी संयोजक उमेश थापा, विद्यार्थी युनियन जिल्ला इन्चार्ज गणेश लुईँटेल लगायतले शुभकामना मंतब्य राखेका थिए ।