भ्रमको पछि नलाग्न शिखा (साकोस)को अनुरोध

बैकल्पिक खवर

दमक/ दमक ६ स्थित शिखा बचत तथा ऋण सहकारीले आफ्नो बारेमा प्रकाशित भएको समाचारको खण्डन गर्दै भ्रमको पछि नलाग्न सम्पुर्ण शेयर सदस्री तथा सहकारी कर्मीमाझ अनुरोध गरेको छ ।
केही दिन अघि खुल्ला पत्र नामको एक अनलाइनमा शिखा सहकारीले अनुमति बिना नै गौरादहमा सेवा केन्द्र संचालनमा ल्याएको आसयको समाचार प्रती गम्भीर ध्यानाकर्षण भएको भन्दै सहकारीले बिग्यप्ती मार्फत खण्डन गर्दै यो समाचार सत्य नभएको बताएको छ। सहकारीले गौरादहमा बिधिपुर्वक नै सस्था खोल्न लागेको बताउदै शिखा साकोसका ब्यबस्थापक तुलसी राजबङ्सी अहिले कानुनी प्रक्रिया अघि बढीरहेको बताए । साथै उनले गौरादहमा सेवाकेन्द्र संचालनका लागि सदस्य बिस्तार कार्य भने भैरहेको बताए ।

सहकारीको नवौ साधारणसभा बाट गौरादहमा सेवाकेन्द्र बिस्तार गर्ने निर्णय भएसंगै सहकारी रजिस्ट्रार कार्यलय इटहरीमा केन्द्र अनुमतीका लागि आवस्यक प्रक्रिया समेत अघि बढेको अवस्थामा यस्तो समाचार आउनु दु:खद भएको सहकारीले जनाएको छ । कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै सहकारीले चाडै बिधीपुर्वक र भब्यरुपमा गौरादह सेवा केन्द्र सुचारु गर्ने भएकाले गलत समाचारबाट बिचलित नहुन सबैमा आग्रह गरेको छ ।

शुक्रबार, २७ चैत, २०७७, बिहानको ०७:३२ बजे

सम्बन्धित खवर