सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र जसपाबीचको सहकार्य

काठमाडौं । सत्ता समीकरणको छलफलका लागि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा)लाई बोलाएका छन् । देउवाले शुक्रबार ३ बजे आफ्नो निवास बूढानीलकण्ठमा माओवादी केन्द्र र (जसपा)को बैठक बोलाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए

माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय कार्यसमितिले नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको थियो । त्यसको ठीक एक सातापछि शुक्रबार देउवाले माओवादी केन्द्र र जसपालाई छलफल गर्न लागेका छन् । एमाले बाहेकको​ सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र जसपाबीचको सहकार्य अनिवार्य छ ।

शुक्रबार, २७ चैत, २०७७, बिहानको ०८:३३ बजे

सम्बन्धित खवर