पार्कमा बसिरहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली प्रहारः एकको मृत्यु, ६ घाइते

चैत २७
अमेरिकाको टेक्सासको ब्रायन शहरको एउटा पार्कमा एक व्यक्तिले खुलेआम गोलीबारी गरिदिए । पार्कमा बसेका एक व्यक्तिको मृत्यु भएको छ जबकी अन्य ६ जना घाइते भएका छन् । पार्कमा ठूलो संख्यामा मानिसहरु घुमिरहेका बेला उक्त गोलीबारी गरिएको हो । प्रहरीले आरोपीलाई हिरासतमा लिएको छ । घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रहरीका अनुसार गोलीबारीको यो घटना ब्रायन शहरको इन्डष्ट्रियल पार्कमा भएको हो । स्थानीय समयानुसार घटना बिहिबार दिउँसो साढे दुई बजेको हो । प्रहरीले सबै घाइतेलाई उपचारका लागि अस्पतालमा भर्ना गरेको हो । राष्ट्रपति बाइडेनले भने, ‘यो महामारीजस्तै हो’

अमेरिकामा लगातार भइरहेको गोलीबारीको घटनाको विषयमा राष्ट्रपति जो बाइडेन पनि चिन्तित छन् । उनी यसमाथि लगाम लगाउने कोसिसमा जुटिरहेका छन् । बाइडेनले देशमा बन्दुकमार्फत् भइरहेको हिंसालाई महामारीको संज्ञा दिएका छन् । यसलाई रोक्नका लागि हर सम्भव कदम उठाइने उनले जानकारी दिए ।

 

शुक्रबार, २७ चैत, २०७७, बिहानको १०:३४ बजे

सम्बन्धित खवर