अग्रज संगीतकार कमल क्षेत्रीको निधन

२६ चैत, २०७५ काठमाडौं / अग्रज संगीतकार कमल क्षेत्रीको निधन भएको छ । शास्त्रीय संगीतमा निपूर्ण ज्ञान हासिल गरेका संगीतविज्ञ क्षेत्री लामो समयदेखि विरामी अवस्थामा थिए । ७७ वर्षको उमेरमा गए राति १२ बजे उनको निधन भएको हो । उनको शास्त्रीय रागहरूको बारेमा लेखिएको पुस्तक ‘रागहरुको साँचो’ सार्वजनिक छन् । २०२७ सालदेखि सांस्कृतिक संस्थानमा कार्यरत रहेका उनको संगीतमा तयार भएका धेरै गीति नाटक नाचघरमा रहेका छन् । जुन प्रदर्शनको क्रममा समेत रहेका छन् । क्षेत्रीले ‘मुनामदन’ मा सहायक संगीत निर्देशन र स्वर समेत प्रदान गरेका थिए । शिव ताण्डव नृत्य नाटिकासमेत संगीत गरेका उनको स्वरमा रहेको गीत ‘माया कसले नेप्टीलाई लाइटर’ चर्चित गीत हो ।


Facebook Comments Box