जेठ २६, २०७६ पाँचथर /  फेमे खोलामा डुब्दा गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ। मुत्यु हुनेमा फिदिम नगरपालिका–४ का खड्ग राईका ११ वर्षीय छोरा इनसन राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार खोलामा खेल्ने क्रममा चिप्लिएर लड्दा उनी डुबेपछि गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा झापाको बिर्तामोडस्थित बिएनसी अस्पतालमा शनिवार मृत्यु भएको हो। खोलामा चार जना साथीसहित खेल्न गएको आमा सुनिता राईले बताइन्।

Facebook Comments Box