असार २४, २०७६ दमक / दमकमा बहुतले, बहुआयामिक बसपार्क निर्माणका लागि डिपिआर बनाउने प्रकृया शुरु भएको छ। नगरविकास कोषमार्फत डिजिकन इन्जिनियरिङ कन्सल्टेन्सीले डिपिआर निर्माणको प्रकृया थालेको हो। कोषकै सहयोगमा डिपिआर निर्माणको काम हुने दमक नगरपालिकाका इन्जिनियर भीम पौडेलले जानकारी दिए। हालको बसपार्ककका संरचनालाई सकेसम्म उपयोग गर्न मिल्ने गरि बहुतले बसपार्क निर्माणका लागि डिपिआर बनाउने क्रममा प्रारम्भिक छलफलसमेत भएको छ।

नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, अन्य वडाध्यक्ष तथा जनप्रतिनिधि, नगरपालिकाका प्राविधिक लगायतसँग प्रारम्भिक छलफल भएको हो। वडा नं. ६ र ७ मा फैलने बसपार्कको क्षेत्रफल तथा लागतसमेत डिपिआर निर्माणपछि थाहा हुने जनाइएको छ।

बसपार्कभित्र नै हरियालीको क्षेत्रसहितका अन्य संरचना निर्माण गर्ने गरि डिपिआर बनाउने बारेमा छलफल भएको पौडेलले बताए। बसपार्कसँगै त्यसैबाट आम्दानीसमेत लिनका लागि संरचना अटाउने गरी डिपिआर निर्माण निर्माणका बारेमा कुराकानी भएको छलफलमा सहभागी तत्कालीन बसपार्क निर्माण समितिका अध्यक्ष तीर्थराज बस्नेतले बताए।

Facebook Comments Box