दमक / विशेष दर्जा दिने संविधानको धारा ३७० खारेज गरेसँगै काश्मीरबासीसामु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न १० वटा वाचा गरेका छन् ।

सुन्दा सामान्य लाग्ने, तर दैनिक जनजीवनसँग जोडिएका विषयहरुलाई मोदीले प्राथमिकताका साथ काश्मीरको हितार्थ कार्यान्वयन गरिने जनाएका छन् ।बिहीबार बेलुकी ८ बजे भारतका नाममा सम्बोधन गर्दै मोदीले काश्मीरीहरुलाई केन्द्रशासित राज्य सुरक्षित हुने र विकास तथा समृद्धिका लागि यो आवश्यक रहेको विश्वास दिलाउन खोजेका छन् ।

युवाहरुलाई राजनीतिको मुख्य धारामा ल्याउन, भ्रष्टाचारबाट मुक्ति दिलाउन तथा रोजगारीको अवसर सृजना गर्नतर्फ आफु लाग्ने मोदीले जनाएका छन् । यस्ता छन् मोदीले काश्मीरीसामु गरेका १० वाचा

१. सरसफाईकर्मीलाई न्याय  – देशका अन्य राज्यमा सरसफाईकर्मीको हीतमा सफाई कर्मचारी ऐन लागु भएको, तर जम्मु–काश्मीरका कर्मचारीहरु यसबाट वञ्चित रहेकाले अब उनीहरुका लागि काम गर्ने ।
२. दलितको हीत – अन्य राज्यहरुमा दलितहरुमाथि हुने अत्याचार रोक्न कडा कानून लागु भएपनि तर जम्मू–काश्मिरमा यस्तो कानून नभएकाले अब तत्काल कानून ल्याई विभेद अन्त्य गर्ने ।
३. अल्पसंख्यकको हीत –  भारतभर अल्पसंख्यकको हीतका लागि माईनारिटी एक्ट लागु भएकाले जम्मू–काश्मिरमा पनि यस्तो कानून लागु गर्ने ।
४. मजदुरलाई पुरा काम– मुलुकको अन्य भागमा जस्तै काश्मीरमा पनि मजदुरलाई न्यूनतम पारिश्रमिक कानून कार्यान्वयन हुनेगरी लागु गर्ने ।
५. कर्मचारी र प्रहरीलाई समान तलबमान– जम्मु–काश्मीरका कर्मचारी र प्रहरीलाई अन्य केन्द्र शासित प्रदेशका कर्मचारी र प्रहरीले लिए बराबर सेवासुविधा उपलब्ध गराउने ।
६. रोजगारी–  जम्मू–काश्मिरमा आवश्यक कर्मचारी भर्ना गर्दा स्थानीय युवाहरुलाई रोजगारीको अवसर दिने, सार्वजनिक र निजी क्षेत्रका कम्पनीहरुलाई समेत काश्मीरी युवाहरुलाई रोजगारी दिन प्रोत्साहित गर्ने ।
७. भ्रष्टाचार अन्त्य–  जम्मू–काश्मिरमा विकास परियोजनाहरुको प्रभावकारी कार्यान्वयन, पारदर्शीता र भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने ।
८. शरणार्थीहरुलाई मताधिकार–  पाकिस्तानबाट भारत आएका लाखौं मानिसहरु, जसले विधानसभा निर्वाचनमा मत दिन पाउँदैनन्, उनीहरुलाई पूर्ण मताधिकार दिने ।
९. विकास परिषद –  एकीकृत विकास परिषद् गठनका लागि जोड दिने । लामो समयअघि शुरु भएर पनि सम्पन्न नभएका परियोजनाहरुको काम चाँडै सक्नका लागी जोड दिने । 

१०. युवा नेतृत्व –  जम्मू–काश्मिरको विकासका लागि युवाहरुले नेतृत्व लिनसक्ने स्थिति तयार गर्ने । सबै क्षेत्रमा काश्मीरको प्रतिनिधित्व बढाउने

Facebook Comments Box