दमक/  आफ्नै छोराले चिर्पट प्रहार गरी बुबाको हत्या गरेको छ । झापा कमल गाउँपालिका १ बस्ने अन्दाजी ७० वर्षीय सूर्यबहादुर थापालाई आफ्नै ३१ वर्षीय छोरा प्रकाश थापाले हत्या गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार शुक्रवार बिहान बाबु र छोरा बिच घरायसी बिषयलाइ लिएर विवाद हुँदा करिब बिहान ७ बजे तिर छोराले दाउराको चिर्पट बुबाको टाउको प्रहार गरेको थियो । उक्त प्रहार पछी बुबाको घट्नास्थलमै मृत्यु भएको छ । यता बुबाको हत्या गर्ने छोरा प्रकाशलाई प्रहरी चौकी तोपगाछीबाट खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।     सवाल नेपाल बाट

Facebook Comments Box