अन्तरप्रदेश समन्व्य परिषदको बैठक सिंहदरबार काठमाडौंमा बस्दै

काठमाण्डौं २३ मंसिर /  अन्तरप्रदेश समन्व्य परिषदको बैठक सिंहदरबार काठमाडौंमा सुरु भएको छ । बैठकमा केन्द्र, प्रदेश र स्थानीय तहका बीचमा भइरहेको पछिल्लो समन्वय र वर्तमान अवस्थाका बारेमा छलफल हुनेछ। बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघका सबै मन्त्रीहरु, प्रदेशका सबै मुख्यमन्त्री, प्रदेशका प्रमुख सचिव, केन्द्रका मुख्य सचिव, केन्द्रका सचिव, महालेखा निरिक्षक लगायतको सहभागिता छ। प्रदेशमा भएका समस्याका बारेमा मुख्यमन्त्रीहरूले जानकारी गराएपछि प्रधानमन्त्रीले सम्बोन गर्ने कार्यक्रम छ । प्रदेश र केन्द्र सरकारसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश बैठक आह्वान गरेका हुन्। बैठकमा प्रदेश सरकारको काम कारबाहीबारे समीक्षा गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले बैठक बोलाएको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए। बैठकमा सात प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा.युवराज खतिवडा सहभागी हुनेछन्। सातजनै मुख्यमन्त्रीले आफ्नो कामको समीक्षा गर्नेछन्। त्यस्तै प्रदेशमा भएका समस्याका बारेमा मुख्यमन्त्रीले जानकारी गराएपछि प्रधामन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको सम्योजक अधिकारीले जानकारी दिए। सङ्घ र प्रदेशबीच, प्रदेश–प्रदेशबीच राजनीतिक विवाद समाधान गर्न परिषद्को व्यवस्था गरिएको हो। बैठकमा संघीय सरकार र प्रदेश सरकारको काम कारबाहीलाई कसरी समन्वय गर्ने र कसरी नजिता निकाल्ने विषयमा समेत छलफल हुनेछ।

आइतबार, २३ मंसिर, २०७५, दिउँसोको १२:१९ बजे

सम्बन्धित खवर