राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कुनैपनि देशसँग अनावश्यक रुपमा नजिक वा टाढा हुन आवश्यक नरहेको बताएकी छन्।
शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको सार्वभौमिकता, भौगोलिक अखण्‍डता, राष्‍ट्रिय स्वाभिमान र सुरक्षामा किञ्‍चित पनि सम्झौता नहुने बताएकी छन्।
‘नेपालले सदैव असंलग्‍न परराष्‍ट्र नीति अँगाल्दै आएको छ। हामीलाई कसैसँग अनावश्यक नजिक र कसैसँग टाढा हुनु जरूरी छैन’ उनले भनेकी छन्, ‘नेपालको सार्वभौमिकता, भौगोलिक अखण्‍डता, राष्‍ट्रिय स्वाभिमान र सुरक्षामा किञ्‍चित पनि सम्झौता नहुने गरी कुनै पनि मुलुकसँग हामीले मित्रता कायम गर्नुपर्दछ र एकअर्काको हितमा सहकार्य गर्नुपर्दछ। हाम्रो परराष्‍ट्र नीतिको मूल मर्म यत्ति नै हो भन्‍ने मेरो बुझाइ छ।’

Facebook Comments Box