२७ माघ, काठमाडौं / सरकारले ३०० वटा विद्युतीय बस किन्ने निर्णय गरेपनि खरिदको तयारी नै सुरु गरको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सार्वजनिक यातायातमा आफ्नो उपस्थिति देखाउने भन्दै नयाँ वर्षबाट विद्युतीय बस चलाउने भनेपनि अहिलेसम्म मन्त्रिपरिषदबाट सैद्दान्तिक स्वीकृति लिनेबाहेक काम भएको छैन ।

मन्त्रालयका अनुसार हालसम्म कस्तो विद्युतीय बस किन्ने भन्ने ‘स्पेशिफिकेशन’ नै तयार भएको छैन । नयाँ वर्ष आउन अब दुई महिनामात्रै बाँकी रहँदा पनि कस्तो बस किनेर कसरी सञ्चालन गर्ने भन्ने नीतिगत प्रस्तावसम्म तयार भएको छैन ।

Facebook Comments Box