नक्कली नेपाली रुपैयाँ बरामद

काठमाडौं /  टोखा नगरपालिका(१० गणेशस्थानबाट नक्कली नेपाली रुपैंया १ हजार दरका १ सय ५२ थान शनिबार राति प्रहरीले बरामद गरेको छ ।

उक्त नगरपालिका गौतम श्रीपालीको घरमा डेरा गरी बस्ने हिक्मत मिया समेत २ जनाको कोठामा नक्कली जाली नोटको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरीले हिक्मत मियाको कोठामा पलङ मुनी लुकाईछिपाई राखेको नक्कली नेपाली रुपैंया १ हजार दरका ११ थान र सोही घरमा डेरा गरी बस्ने पोमबहादुर कुँवरको कोठाबाट नक्कली नेपाली रुपैयाँ १ हजार दरका १ सय ४१ थान फेला पारी बरामद गरेको हो । फरार रहेका हिक्मत मिया र पोमबहादुर कुँवरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आइतबार, २७ माघ, २०७५, दिउँसोको १२:४९ बजे

सम्बन्धित खवर