नेपाल र खनालको मैतालु फर्काउदा माइतिले पनि स्वीकारेनन्

काठमाडौँ, २६ / अहिले राजनीतिको केन्द्रीय चर्चामा छन्-प्रधानमन्त्री ओली । साबिक नेकपा अध्यक्ष हुँदा उनीविरुद्ध दलका नेताहरूले मोर्चाबन्दी गरे । पार्टी र सरकार दुवै नेतृत्वबाट हटाउन डटेर लागे । तर, ओली कहिल्यै पछि हटेनन् । सेयर बजारझैँ ओलीको पद–जोखिम कहिले ह्वात्तै माथि पुग्थ्यो, कहिले स्वाट्टै तल झर्थ्यो ।

ओली त्यसबाट कहिल्यै विचलित देखिएनन् । संकटमा पर्दै, जोगाउँदैरजोगिँदै ओलीले पुस ५ सम्म थेगे । आफूमाथि अविश्वास प्रस्ताव र राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता हुन लागेको जब थाहा पाए, त्यस दिन प्रतिनिधिसभा विघटनको सिफारिस गरे । त्यसलाई पछि सर्वोच्च अदालतले खारेज गरिदियो ।

त्यसपछि धेरैले आकलन गरे-ओलीको भविष्य अब भने सकियो । तर, संसद्मा अविश्वास प्रस्ताव सामना गर्न उनी हिम्मतसाथ उभिए । अविश्वास प्रस्ताव लैजान सजिलो थिएन । कारण-बहुमत प्राप्त दलका संसदीय दलका नेता उनी स्वयं थिए । त्यसका लागि पहिला नेता बदल्नुपर्थ्यो । दाहाल-नेपालसँग झन्डै बराबर सांसद संख्या रहेका ओलीविरुद्ध संसदीय दलमा अविश्वास लैजान पनि पार्टी नेताहरूले हिम्मत गरेनन् ।

साबिक नेकपाभित्र पदको लडाइँ चुचुरोमा पुगेकै बेला आइतबार सर्वोच्चले पुरानो अर्को मुद्दाको टुंगो लगायो, जसले राजनीतिको बाटो नै बदल्यो । ओली–दाहालले नेतृत्व गर्ने गरी एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नाम ऋषिराम कट्टेलले पाए । अदालतले एमाले र माओवादीलाई साबिककै छुट्टाछुट्टै दलमा फर्काइदियो ।

ओलीविरुद्ध दाहालसँग गठबन्धनमा जोडिएका वरिष्ठ नेता माधवकुमार नेपाल भोलिपल्टै एमालेमा फर्किए । ओलीतर्फ भने आधा दर्जनभन्दा बढी माओवादी नेताहरू अडिएकै छन् । यो पनि ओलीका लागि थप शक्तिको विषय हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

बुधबार, २६ फागुन, २०७७, बिहानको ०९:०५ बजे

सम्बन्धित खवर