भाउजु लिएर देवर फरार

हाम्रो समाजमा विभिन्न किसिमका अनौठा कुरा सुन्न र देख्न पाइन्छ। कुनै कुनै कुरा त यति अचम्म हुन्छ कि सुन्दा पनि हास्नु कि चकित हुनु मानिस अलमलमा पर्छ। पछिल्ला दिनहरुमा समाजमा हरेक दिन नयाँ र फरक कर्महरु भइरहेका हुन्छन् । जुन कुरा सुन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्त तर ति वास्तवमैं सत्य हुन्छन् । यस्तैं एउटा कुरा भारतको बिहार राज्यमा भएको छ ।
यो कुरा नेपालको भने हैन। जुन नेपाली सीमा नजिक छ । यस कुराले नेपाललाईपनि प्रभाव पार्दछ । यहाँ आफ्नै भाउजु लिएर देवर फरार भएका छन् । देवरको पनि विवाह भएको छ उनका ५ वटा सन्तान छन् भने भाउजुका पनि २ सन्तान रहेका छन् । भाउजुको विवाह १५ वर्ष पहिले भएको थियो । परिवारले प्रहरीमा मुद्धा हालेपछि उनीहरुलाई भागलपुरको तिलकामांझी क्षेत्रको जवारीपुरबाट नियन्त्रणमा लिएको बताइएको छ । उनीहरु भाग्ने क्रममा पक्राउ परेका हुन्।प्रहरीसँगको बयानमा खुल्न आएको छ कि विवाहको केही महिना पछि नैं देवर भाउजु सम्बन्धमा रहन थालेका थिए ।
यो घटना २५ मार्चामा भएको थियो । २५ मार्चाको राती सन्‍नी प्रसाद आफ्नै भाउजु सुमनलाई लिएर भागेका थिए । सन्‍नीका पिता उमेश प्रसादका दुई छोराहरु हुन् । उनले जेठो छोरो अमृतको विवाह सुमन देवीसँग गराएका थिए ।अर्को तर्फ सन्‍नीको विवाह चंदा देवीसँग भएको थियो जसका पाँच सन्तान रहेका छन् । २४ मार्च पूरा परिवार मीरगंज स्थित थावेमा पूजा गर्न गएका थिए । पुजा सकेर फर्केपछि सबै सुते तर ति देवर भाउजु सुतेनन फलस्वरुप बिहानैं तीनबजे उनीहरु त्यहाँबाट भाग्न सफल भएको प्रहरीलाई बयान दिएका छन् । पक्रा पछिको बयानमा भाउजुले बिबाह गरेको केही दिनदेखि नै देवरसँग हरेक गोप्य रुपमा रहेको बताएकी छिन् । श्रीमानसँग आफुलाई खुशी नमिलेपछि देवर रोजेको र देवरलेपनि साथ दिएको उनको बयान छ ।
उनीहरु पहिले देखि नै नजिकिन थालेको र मौका हेरेर भागेको खुलाए। उनीहरु दुबैले आफुहरुसँगै हुँदा मात्र खुशी मिल्ने भएकाले यो निर्णय लिएको अब कहिलै छुट्टिन नसक्ने बताएका छन् । न्यायिक निकायले के गर्छ उनीहरु त्यसको पर्खाइमा छन् ।उनीहरुलाई थुनामा भने राखिएको छैन । परिवारको निवेदनका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएर परिवारसँग छलफल गराएको छ

बुधबार, २६ फागुन, २०७७, बिहानको १०:४१ बजे

सम्बन्धित खवर