राम थापा राप्रपा प्रदेश १ को अध्यक्षमा चयन

२६ फाल्गुन,दमक / राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदेश नम्बर १ को अध्यक्षमा दमकका राम थापा चयन हुनु भएको छ । राप्रपाको अन्तरिम विधान अनुसार केन्द्रिय समितिले थापालाई प्रदेश १ अध्यक्षमा चयन गरेको हो ।
कमल थापा, पशुपती शमशेर राण र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको तिन वटा पार्टि एकिकरण पछि बनेको राप्रपाले प्रदेश स्तरमा अध्यक्ष र उपाध्यक्ष चयन गरेको हो । सोहि अनुसार एकिकृत पार्टिको प्रदेश अध्यक्षमा दमकका राजनैतिक व्यक्ति थापा चयन हुनु भएको हो । त्यसैगरी पार्टिको प्रदेश उपाध्यक्षमा पाँचथरका सगुन सुन्दर लावती चयन हुनु भएको छ ।

एकिकृत पार्टिको प्रदेश अध्यक्षमा चयन भएपछि अब केहि दिन भित्रमै अध्यक्ष र उपाध्यक्ष बसि अन्य नेताहरुको समेत सल्लाहमा प्रदेश समितिलाई पुर्णता दिईने अध्यक्ष थापाले बताउनु भयो । पार्टि एकिकरण पछि कार्यकर्तामा उत्साह आएको भन्दै उहाँले अब राप्रपालाई बैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने गरी प्रदेशमा संगठन निर्माण गरिने बताउनु भयो ।

कांग्रेस कम्युनिष्टहरुले मुलुक बिकास र स्थायीत्व दिन सक्दैनन भन्ने प्रमाणीत भएकोले पनि आफुहरुको आवस्यकता पुष्टि भएको उहाँले बताउनुभयो ।

बुधबार, २६ फागुन, २०७७, दिउँसोको ०३:४५ बजे

सम्बन्धित खवर