सम्पादक कृष्ण कार्कीको नेतृत्वमा पूँजी बजार संघ गठन

दमक/ झापामा नेपाल पूँजीबजार लगानीकर्ता संघ गठन भएको छ । कृष्ण कार्कीको अध्यक्षतामा जिल्लास्तरिय संघ गठन भएको जानकारी गराइएको हो ।

नव गठित संघको अध्यक्षमा कृष्ण कार्की, उपाध्यक्षमा दिपेश प्रसाई, महासचिवमा रमेश लुइँटेल, कोषाध्यक्षमा हेमराज घिमिरे,सचिबमा राहुल साह र सदस्यहरुमा निरज आचार्य, दुर्गा प्रसाई, सरिता कटुवाल,अम्बर बहादुर चौहान, सन्तोष राई, चुडामणी खतिवडा, नेत्र प्रसाद लुइटेल , विवेक नेपाल चयन भएका छन् । कार्य समिति घोषणा सभामा दमक उद्योग बाणिज्यसंघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईं, दमक बैंकर्स संघका अध्यक्ष राजन बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
संघ गठनसंगै सेयर बजार सम्बन्धी आधारभूत तालिम पनि दमकमा सम्पन्न भएको छ । नेपाल पूँजीबबजार लगानीकर्ता संघ प्रदेश एकको आयोजना तथा दमक जेसीजको सहयोगमा भएको तालिमलाई नेपाल पूँजीबजार लगानीकर्ता संघ प्रदेश एकका संयोजक सुबासचन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए । तालिममा शेयर कारोबार गर्दा ध्यान दिनु पर्ने आधारभूत कुराहरू बारेमा जानकारी गराइएको थियो । तालिममा ५० बढी नयाँ लगानी कर्ताको उपस्थीत रहेको थियो ।

तालिममा नेपाल पूँजीबजार लगानीकर्ता संघकी केन्द्रिय अध्यक्ष राधा पोख्रेल संग प्रशिक्षार्थीहरुले अन्तरक्रिया गरेका थिए ।दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्य तथा नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको अध्यक्षतामा नेपाल पूँजीबजार लगानीकर्ता संघ झापा जिल्ला कार्यसमिति गठन गरिएको हो ।

शनिबार, २८ चैत, २०७७, बिहानको ०७:५७ बजे

सम्बन्धित खवर