सचिवमा निर्वाचित पत्रकार लामा लाई तामाङ घेदुङ संघ दमक नगर समितीद्वारा सम्मान

बैकल्पिक खवर

दमक / नव निर्वाचित नेपाल पत्रकार महासंघ जिल्ला समिती झापाका सचिब डिकेस लामा लाई तामाङ घेदुङ संघ नगर समिती दमकले सम्मान गरेको छ । आज दमकमा आयोजित एक कार्यक्रमका बीच घेदुङ संघ दमक नगर समितिले पत्रकार लामालाई सम्मान गरेको हो ।               

तामाङ समुदाय बाट पत्रकार संघ झापाको नेतृत्वमा पुगेको खुसियालीमा सम्मान गरिएको तामाङ घेदुङ संघ दमकका अध्यक्ष दुर्गा बोलन ( तामाङ ) बताए । तामाङ समुदायबाट पहिलो पटक जिल्ला सचीवमा निर्वाचित भएकोले यो पेशालाइ अझै मर्यादित र सम्मानित बनाउन वहाँको अझै राम्रो भुमिका पुगोस भन्ने उदेश्यले सम्मान गरिएको अध्यक्ष बोलनले बताए ।
लामा केही दिन अघि सम्पन्न निर्वाचन नेपाल पत्रकार महासंघ जिल्ला कार्यसमिती झापाको सचिवमा निर्वाचित भएका थिए । पत्रकारिता संगै प्राध्यापन पेशामा सङ्लग्न लामा तामाङ समुदाय बाट पत्रकार महासंघ झापा सचिवको जिम्मेवार सम्हाल्ने पहिलो निर्वाचित हुन । माओवादी केन्द्र निकट लामा लोकतान्त्रिक प्यानल बाट १२८ मत ल्याएर निर्वाचित भएका थिए ।

शनिबार, २८ चैत, २०७७, दिउँसोको ०२:०१ बजे

सम्बन्धित खवर