‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ लाई मगमगको सहयोग

दमक / धुर्मुस सुन्तली फाउण्डेशन मार्फत जनस्तरबाट निर्माण गरिने ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि झापाबाट उत्पदान हुने मगमग चाउचाउले प्रति चाउचाउ १० पैसा योगदान गर्ने भएको छ । चाउचाउ खाने उपभोक्ताहरुको समेत त्यसमा लगानी तथा योगदानहोस भनेर यो योजना ल्याइएको मनसा थाई फुडस् प्रालिका सदस्य अजय अग्रवालले बताए ।


तीन बर्ष्भित्रमा डेढदेखि करिब २ करोड योगदान यसबाट दिन सकिने आफुहरुको अपेक्षा रहेको पनि उनले बताए । आफुहरु नाफा कमाउने उदेश्यमा मात्र नरहेको जनाउदै सामाजिक योगदानको रुपमा यसका लागि आफुहरुले यस्तो निर्णय लिएको उनको भनाइ छ ।
धुर्मुस सुन्तली यस चाँउचाउनको ब्राण्ड एम्बेस्टर समेत हुन् । उपभोक्ताले जति चाउचाउ खान्छन् त्यति रंगशालामा योगदान पुग्ने अग्रवालको भनाइ छ । स्थानीय उत्पादनलाइ प्रवद्र्धन र रंगशालामा योगदान दिन यो चाउचाउ प्रयोग गर्न पनि उनले आग्रह गरे ।
मनसा थाई फुडस् प्रालिले ठूलो लगानीमा झापामा गत असोजदेखि ‘मगमग’ चाउचाउ उद्योग सन्चालनमा ल्याएको हो । मेचीनगर–१४ स्थित दुवागढीमा एक अर्ब रुपैयाँको लागतमा अत्याधुनिक प्रविधिको प्रयोग गर्दै उद्योग सन्चालनमा आएको हो ।
उद्योगले दैनिक ७ लाख ५० हजार प्याकेट चाउचाउ उत्पादन गर्ने जनाइएको छ ।