’सिंह बस्नुपर्नेमा सिंहदरबारमा स्याल कराउन थाल्यो’

काठमाडौं / नवगठित समाजवादी पार्टी, नेपालका नेता अशोक राईले सिंहदरबारमा सिंह बस्नुपर्नेमा स्याल कराउन थालेको टिप्पणी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित पार्टी घोषणा सभामा राईले अब नेपालमा समाजवादी र त्यस पार्टी्विरुद्ध खडा हुने गैरसमाजवादी पार्टीमात्र अस्तित्वमा हुने दाबी गरे । “यो देशको वास्तविक विकल्प हौं हामी । संघीयता कार्यान्वयन गर्ने अभिभारा समाजवादी पार्टीको काँधमा आएको छ,” उनले भने ।


Facebook Comments Box