४३ लाखको अवैध सामान बरामद

विराटनगर / पुस १५ गते तस्करीमा संलग्न ३ जना युवासहित झन्डै दुई लाख मूल्य बरावरको सामान प्रहरीले विराटनगरबाट बरामद ग¥यो । विराटनगर महानगरपालिका–१८ खोक्साहाबाट प्रहरीले सुन राख्ने बट्टा तस्करीमा संलग्नलाई पक्राउ गरेको थियो ।बट्टा तस्करीमा संलग्न विराटनगर–१७ का ३० वर्षीय मस्जिद आलम, २० वर्षीय मोहम्मद अरवाज र विराटनगर–१८ का २१ वर्षीय रहमद मियाँ पक्राउ परे ।
भारतबाट बोरामा प्याक गरेर ल्याउँदै गरेको सुन राख्ने खाली बट्टासहित उनीहरूलाई अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । प्रहरीका अनुसार विभिन्न आकारका ९ सय ७२ वटा सुन राख्ने खाली बट्टा बरामद भएको छ । बरामद गरिएको बट्टा १ लाख ६२ हजार मूल्य बराबरको थियो ।


त्यस्तै प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया, धनपालथान–३ मायागञ्ज, विराटनगर–१६ दरैया र विराटनगर–१५ हुलास मेटल चोकबाट पनि तस्करीका सामान बरामद ग¥यो । भन्सार छली गरेर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा चिनी, मोटर पार्टस्, बिजुलीका सामान, लत्ताकपडा, खैनीलगायतका सामान बरामद गरिएको थियो । बरामद गरिएको सामान ४ लाख ८५ हजार ३ सय रुपैयाँ बराबरको रहेको थियो ।
यस्तै पुसको दोस्रो साता मोतिया विन्दुको शल्यक्रिया गरेका बिरामीको आँखामा प्रयोग गरिने लेन्स भारतबाट नेपालतिर तस्करी भएर आएको ठुलो परिमाणको लेन्स बरामद ग¥यो । भारतको जोगिनीबाट विराटनगर भित्राइएको लेन्स इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले बरामद गरेको थियो । भन्सार छली गरेर ल्याइएको आँखाको लेन्स प्रहरीले विराटनगर महानगरपालिका–१६ जुट मिल्स नजिकबाट बरामद गरेको थियो । एउटा लेन्सको मूल्य ५ हजारदेखि ४० हजार रुपैयाँसम्म पर्ने आँखा अस्पतालहरूले जनाएका छन् ।
आठ लाख ६४ हजार मूल्य बराबरको १ सय २० वटा लेन्स र ३४ हजार ८ सय रुपैयाँ बराबरको औषधि बरामद गरेको प्रहरीको भनाई छ । प्रहरीले लेन्ससहित भारतबाट तस्करी गरेर ल्याइको चाबी ९साँचो०, थान कपडा, चिया छान्ने जाली, साडीलगायतका सामान बरामद गरेको छ । भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा १२ लाख ३ हजार ४ सय मूल्य बराबरको सामान नियन्त्रणमा लिइएको थियो ।
उल्लेखित घटना प्रतिनिधि मूलक हुन् । जिल्ला प्रहरी कार्यालयसहित मातहतका कार्यालयहरूले पुस १० देखि २५ गतेसम्म १५ दिनको अवधिमा ४३ लाख भन्दा बढी मूल्य बरावरको अवैध सामान बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुई सातामा ४३ लाख ७ हजार ९८३ रुपैयाँ मूल्य बराबरको चोरी तस्करी भएर आएको अवैध सामान बरामद गरी विराटनगर भन्सार कार्यालयमा बुझाएको उनले बताए । अवैध चोरी तस्करीमा प्रयोग भएको चार वटा सवारी साधन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सामाग्री मध्ये इलाका प्रहरी कार्यालय रानीले मात्र दुई सातामा अवैध रूपमा चोरी तस्करी भएर आएको झन्डै २८ लाख मूल्य बरावरको सामान नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याएको खाद्यान्न, लत्ताकपडा, मोटर पार्टस, ग्याँस चुलोको बर्नरहरू लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
चोरी तस्करी नियन्त्रणका लागि नेपाल–भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । चोरी तस्करीलगायतका अवैध धन्दा नियन्त्रणलाई प्राथमिकतामा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको उनले बताए । अवैध रूपमा हुने चोरी, तस्करी रोक्न प्रहरी कडाइको साथ लागि परेको उनले बताए ।