खाना नपकाएको निहुँमा श्रीमानले गरे श्रीमतीको हत्या

झापा / झापामा खाना नपकाएको निहुँमा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।


बिश्वराज घिसिङले लात्ताले हानेर श्रीमतिको हत्या गरेका हुन ।
मंगलवार बेलुकी भोजपुर अरुण गाउँपालिका–१ घर भई झापाको अर्जुनधारा नगरपालिका– ९ खरबन्दिमा डेरा गरी बस्ने बिश्वराज घिसिङले श्रीमती प्रमिला भुजेल घिसिङको हत्या गरेका हुन्।
खाना नपकाएको भन्दै झगडा गरी लात्ताले हान्दा पेटमा लागि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए। ।
प्रहरीले घिसिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाठकले बताएका छन ।
Facebook Comments Box