आजको राशिफल फागुन २७ गते बिहीबार

श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल फागुन २७ गते बिहीबार, ११ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन कृष्णपक्षको त्रयोदशी तिथि

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अवसर र व्यवधानका बीच पनि प्रतिफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ कामको प्रस्ताव आउनेछ । साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययनमा विशेष प्रगति हुनेछ । ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । समय राम्रो छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कृषि तथा पशुपालनसम्बन्धी व्यापारबाट प्रशस्त फाइदा हुने समय छ । दिगो फाइदा हुने काम प्राप्त होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आँटेको काम स्थगित हुनाले मन खिन्न हुनेछ । तापनि जीवन शैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

नयाँ कामको प्रस्ताव आउनेछ भने सयहोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नु पर्ला । प्रयत्न गरेमा अवरोध हट्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आवश्यकता अनसारको धन जुटाउन सकिनेछ । केही खर्च बढ्नेछ । दिन सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजन प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ ।

बिहिबार, २७ फागुन, २०७७, बिहानको ०९:३७ बजे

सम्बन्धित खवर