‘कारावास’ जेलभित्रको सीसी क्यामेरा

विमल लामिछाने

         गुरागाईंको पुस्तक पढेपछि थाहा हुन्छ, भैरवनाथ गणको त्यो कालकोठरीमा बेपत्ता बनाएर राखिएका सबै वन्दीहरुको आँखामा दिनरात कालोपट्टी लगाइएको हुन्थ्यो । दुवै हात पछाडि लगेर बाँधिएका हुन्थे । कहिले हिटरमा पिसाब फेर्न लगाइन्थ्यो । कहिले उभिण्डो पारेर पानीमा मुन्टो डुबाइन्थ्यो । भनेको बेला दिसापिसाब गर्न दिइएन । कहिले राति सुतिरहेको बेला जुरुक्क उठाएर लगातार पिटिन्थ्यो, जस्ता अनुभवहरु पढ्दा भावुक भइन्छ र आँशु झर्छन् ।

===============================================

 विमल लामिछाने
मंसिर १६ गते बेलुका मित्र रमेश गुरागाईले फोनमार्फत आफ्नो दोस्रो कृति काराबास सार्वजनिक कार्यक्रममा सहभागी हुन निम्ता गर्नुभयो । जसरीपनि आउनुहोस् है, मेरो पुस्तक विमोचन हुँदैछ , तर मैले समय निकाल्न सकिँन । कार्यक्रममा सामेल हुने मौका चुक्यो ।
चाहँदा चाहँदैपनि मैले उक्त पुस्तक हात पार्न सकेको थिइँन । उहाँको राजनीतिक जीवनका केही महत्वपूर्ण समयमा हामी सहयात्री भएका नातालेपनि मैले उक्त कृति अध्ययन गर्न तीव्र इच्छा भने राखेको थिएँ ।
२०७७ पुस १२ गते म एपेन्डिसाइटिसको विरामी परे । दमकस्थित एड्भान्स अस्पतालमा मेरो अपरेसन भयो, अस्पतालको बेडमा मलाई भेट्न आउँदा रमेशजीले पुस्तक हातमा थमाउँदै भन्नुभयो— विमल जी, सिघ्र स्वास्थ्यलाभको कामना । अस्पतालको समय बिताउन सहज होस् भनेर कारावास पुस्तक ल्याइदिएको छु, पढ्नुहोला । निको भएपछि समिक्षा लेखिदिनु है । पुस्तक समाउँदै मैले मुण्टो हल्लाएँ, विरामी अवस्थामापनि उहाँको यो पुस्तक मेरो हातमा पर्दा उही काराबास अर्थात अस्पतालको यो बसाईलाई मिनी कारावास सम्झिएर मेरो मन थर्थराएको थियो, र आशुँ छचल्किएका थिए ।
रमेशका राजनीति जीवनका केही घटनाहरु, उहाँले गरेका संघर्षहरु, उहाँको वैचारिक चेतना, कन्भिन्स गर्न सक्ने क्षमतालाई मैले नजिकैबाट महशुस गरेको छु, हाम्रो सहयात्रा कायमै छ । उहाँको दोस्रो पुस्तक सार्वजनिक भएको यो खवरले यसअघि नै औधी खुशी भएको थिएँ । आधाजसो पुस्तक त अस्पतालमा नै पढिसकेको भएपनि पूर्णता दिन भने समय लाग्यो । भर्खरै पुस्तक पढीसकेँ । मैले यो पुस्तकका हरेक पृष्ठ र हरेक हरफका सब्दचयन समेत नियालेर अध्यायन गरेँ । कुनै कुनै हरफका सब्दचयनहरु यस्ता छन् जो दोहोर्याएर पढ्न मन लाग्छ ।
यो पुस्तक जेल जीवनको बास्तविक अनुभूति हो । जति पढ्दै गयो त्यति नै पढौं पढौं लाग्ने छ । पुस्तक मूलतः दुईवटा खण्डमा बाँडिएको छ । पहिलो खण्डको रुपमा रहेको भैरवनाथ गणको जवरजस्त घिसारिएको यात्रा, कठोर यातनाले भरिएको निसपट्ट र कहालीलाग्दो अँध्यारोतिर अघि बढेको देखिन्छ । दोस्रो खण्डको रुपमा रहेको सुन्दरीजलको बयानमा भने अपूर्ण मृत्युु भोग्दै गरेका योद्धाको अनुभूति उतारिएको छ ।
पुस्तकमा वर्गीय भावना, विद्रोह चेत र जेल जीवनभित्रका मसिना मसिना अनुभवहरु, कालो कोठरीको गहिराई र यथार्थलाई जस्ताको तस्तै प्रश्तुत गरिएको पाइन्छ । हिजोका दिनमा तत्कालीन राज्यले नागरिकहरुलाई बेपत्ता बनाएर कसरी राखेको थियोे भन्ने विषयमा पुस्तक आफैंमा एउटा जिउँदो प्रमाण हुने कुरामा कसैले फरक मत राख्ने स्पेस दिन नसक्नुले नै लेखकलाई सार्थक बनाएको छ ।
कारावासमा केवल लेखककोमात्रै एक्लो अनुभव मात्र छैन । यसमा जनयुद्धकालमा भैरवनाथ गणमा बेपत्ता बनाइ राखिएका सबै लालयोद्धाहरुको भोगाइ समेटिएको छ । आँखामा पट्टीभएपनि एकअर्कामा भाव आदन प्रदान गर्दा श्वास सुँघेर साथी चिनेको र साउती मारेको जस्ता तितो तर थथार्थ र नयाँपन सहितको अनुभव पुस्तकमा समेटिएका छन् । यस्ता साना विषयहरुलाई समेटेर जेल जीवनको अन्तर्यलाई कलात्मक ढंगबाट प्रश्तुत गर्न खोजिएको पाइन्छ ।
वि.स. २०६० साल पुष ५ गते भैरवनाथ गणबाट झण्डै चार दर्जन आस्थाका बन्दीलाई छानीछानी बाहिर लगिएको र उनीहरु त्यहाँ कहिलै नफर्किएको प्रसङ्गलाई पुस्तकमा उजागर गरिएको छ । ‘भैरवनाथ गणबाट अन्य दिन साथीहरुलाई यातना दिन बाहिर लगिन्थ्यो । पछि फर्काएर ल्यााइन्थ्यो, तर २०६० साल पुष ५ गते एकैपटक ठूलो संख्यामा बाहिर लगियो र कहिल्यै फिर्ता ल्याइएन ।’ पुस्तकमा भनिएको छ । ‘ती सबैलाई कतै लगेर बेपत्ता पारियो अर्थात मारियो, भन्ने लेखक गुरागाईंको ठहर छ । यसर्थ तत्कालिन राज्यद्वारा बेपत्ता पारिएका नागरिकको यथार्थ खोजविनका निमित्तसमेत यो पुस्तक उपयोगी हुन सक्ने कुरामा दुइमत छैन ।
गुरागाईंको पुस्तक पढेपछि थाहा हुन्छ, भैरवनाथ गणको त्यो कालकोठरीमा बेपत्ता बनाएर राखिएका सबै वन्दीहरुको आँखामा दिनरात कालोपट्टी लगाइएको हुन्थ्यो । दुवै हात पछाडि लगेर बाँधिएका हुन्थे । कहिले हिटरमा पिसाब फेर्न लगाइन्थ्यो । कहिले उभिण्डो पारेर पानीमा मुन्टो डुबाइन्थ्यो । भनेको बेला दिसापिसाब गर्न दिइएन । कहिले राति सुतिरहेको बेला जुरुक्क उठाएर लगातार पिटिन्थ्यो, जस्ता अनुभवहरु पढ्दा भावुक भइन्छ र आँशु झर्छन् ।
बजारमा प्रतिष्पर्धामा रहेका कतिपय पुस्तक पढ्दै जाँदा बनिबनावट अर्थात काल्पनिक शब्द उतारेको भेटिन्छन् । तर कारावास त्यस्तो रहेनछ । कारावास मैले यथार्थ अनुभवको संगालोको रुपमा र जेलभित्र राखिएको सीसी क्यामेरामा कैद भएको पिक्चर जस्तै रहेको महसुस गरेँ ।
माओवादी अध्ययन केन्द्र दमकले प्रकाशनमा ल्याएको सो पुस्तक सुजल अफ्सेट प्रेस काठमाडौंको मुद्रण रहेको छ । २०६ पृष्ठ लामो कारावास पुस्तकको बजार मूल्य ५ सय रुपैयाँ तोकिएको रहेछ । माओवादी सशस्त्र जनयुद्ध र तत्कालीन शासकको गिरफ्तारीका क्रममा विद्रोहीहरुको भोगाइका अनुभवहरुलाई समेटेर उहाँले ‘कारावास’ नामक पुस्तक बजारमा ल्याउन गरेको प्रयत्न नै यो पुस्ताकोलागि महत्वको विषय हो । प्रस्तुत पुस्तकमा भैरवनाथ गणमा विताएका कहालीलाग्दा ३ सय ७ दिन र तत्पश्चात सुन्दरीजलमा विताएका कुरुप ४ सय ४४ दिनका अनुभूतिहरु समेटिएका छन् । २०६ पृष्ठको यो संस्मरणात्मक पुस्तक जम्मा ३९ शीर्षकमा विभक्त छ ।
यो पुस्तकमा फोकस गरिएको विषय भनेको भैरवनाथ गण र सुन्दरीजलमा थुनिएका, सहिद, बेपत्ता र बाँचेर फर्किएका योद्धाहरुको सामूहिक भोगाइको जीवन्त सङ्गालो जस्तो लाग्छ मलाई । पुस्तकमा गुरागाईंले लेख्नुभएको छ, ‘भैरवनाथ गण जीवन र मृत्युको सिमानाजस्तो लाग्थ्यो । हामी जीवन र मृत्युको दोसाँधमा थियौं । मृत्युु र जीवन समानान्तर थिए । केही कमरेडहरुका भागमा मृत्युु पर्यो । हाम्रो भागमा न जीवन न मृत्युु ।’ यसर्थ महिनौं महिनासम्म लगातार दिइने क्रूर यातनाको एउटा विश्मयकारी र दर्दनाक चित्र हो ‘कारावास’ भन्दा लेखकलाई अन्याय नहोला ।

 

पुस्तकमा वर्गीय भावना, विद्रोह चेत र जेल जीवनभित्रका मसिना मसिना अनुभवहरु, कालो कोठरीको गहिराई र यथार्थलाई जस्ताको तस्तै प्रश्तुत गरिएको पाइन्छ । आँखामा पट्टीभएपनि एकअर्कामा भाव आदन प्रदान गर्दा श्वास सुँघेर साथी चिनेको र साउती मारेको जस्ता तितो तर थथार्थ र नयाँपन सहितको अनुभव पुस्तकमा समेटिएका छन् । यस्ता साना विषयहरुलाई समेटेर जेल जीवनको अन्तर्यलाई कलात्मक ढंगबाट प्रश्तुत गर्न खोजिएको पाइन्छ ।

=================================

दश वर्षे जनयुद्धको दौरान राज्य पक्षको गिरफ्तारीमा परेर बेपत्ता बनाइनु भनेको प्रकारान्तरले मारिनु नै थियोे । त्यसरी बेपत्ता बनाइएकाहरु विरलै मात्र बाँचेर फर्किएका छन् । अझ मानव बधशालाका रुपमा परिचित महाराजगञ्ज स्थित भैरवनाथ गणबाट फर्किनु त झण्डै असम्भव नै थियोे । तर गुरागाईं आफ्नो क्रान्तिकारी आस्थालाई समेत बचाउँदै त्यस यातनापूर्ण महाविपत्तीको यात्राबाट फर्किनसफल हुनुभयो । पटक–पटक मृत्युलाई नजिकबाट नियालेका गुरागाईंले आफ्नो नाफाको बाँकी जीवन पनि क्रान्तिकै सेवामा समर्पित गरिरहनुभएको छ । यो वर्गीय मान्छेहरुकालागि हौसला र उदाहरणपनि हो । गुरागाईंको पुस्तकको सुरुदेखि अन्त्यसम्म वर्णित यी र यस्ता यातनाको नालीबेलीले मानवीय संवेदना भएका जोकोहीका आँखा रसाउँछन् ।
यो पुस्तकले परिवर्तनका पक्षधरहरु र हजारौ बन्दीहरुको आत्मा बोलेको छ । तर मुलुक अझै परिवर्तनका पक्षधरहरुको आफ्नो बन्न सकेको छ्रैन । आन्दोलनको उपलब्धि सर्वहारा जनताले अनुभूति गर्नसकेका छैनन् । रमेशजी जस्ता हजारौ बन्दी, सयौ बेपत्ता, घाइते र सहिदहरुको सपना पूरा गर्नसकेको खण्डमामात्रै यो जेल जीवनको अर्थले पूर्णता पाउनेछ भन्ने मलाई लाग्छ ।
हरेक कालखण्डमा परिवर्तनका लागि निरन्तर संघर्षहरु भएपनि यसपछिको पुस्ताले पनि आन्दोलनमा समय खर्चिनुपर्ने वा बलिदानी दिनुपर्ने अवस्था आउनु दुखद हो । तर अबको इतिहास मृत्युलाई जितेर आएका उनै आस्थाका बन्दी बनेर विश्वास बचाएका रमेश गुरागाईहरुले रच्नुपर्छ भन्ने मत सहर्स जाहेर गर्न सकिन्छ । रमेश जीलाई बधाई छ ।
                                                                                      ।।

 

बिहिबार, २७ फागुन, २०७७, बिहानको ०९:५६ बजे

सम्बन्धित खवर