दमक / दमक बहुमुखी क्याम्पसका नवनिर्वाचित सञ्चालक समिति तथा लेखा समितिको पदहस्तान्तरणसहित सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसमा आज एक कार्यक्रम गरि सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष ढुण्डिराज भण्डारीसहित पदाधिकारी तथा सदस्यहरु तथा लेखा संयोजक कुलबहादुर बस्नेत (रवि ) सहित सदस्यहरुलाई सामूहिक रुपमा निर्वाचित प्रमाणपत्र प्रदान गरिएको थियो ।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा निर्वाचन संयोजक राम गिरीले निर्वाचित प्रमाणपत्र प्रदान गर्नुका साथै सपथग्रहण गराएका थिए ।
गत फागुन १७ गते भएको सञ्चालक समितिको निर्वाचनबाट अध्यक्षमा भण्डारी ,उपाध्यक्षमा रिता बस्नेत (श्रेष्ठ ) र सदस्यहरुमा शुरेस सुब्बा,अम्बिका प्रसाद खनाल, देउकुमार नेम्बाङ्ग,बोधराज घिमिरे,मोहन धिमाल, बेदनिधि गौतम (वेदु) ,शेरबहादुर भट्टराई, भिम पौडेल र नरहरि दाहाल चुनिएका थिए । साथै सञ्चालक समितिको पदेन सदस्यहरुमा राम गिरी , निवर्तमान अध्यक्ष देवी दाहाल, दमक नगरपालिकाका प्रमुख राम कुमार थापा रहेका छन् ।
यसैगरि, आजनै नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठक बसेको अध्यक्ष भण्डारीले बताएका छन् । बैठकले क्याम्पस सञ्चालक तथा लेखा समितिको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहयोग पुरयाँउने क्याम्पसका प्राध्यापकहरु,प्रहरी प्रशासनसहित सबै सरोकारवालाहरुलाई धन्यवाद दिने समेत निर्णय भएको उनले जनाए ।

Facebook Comments Box