लघुवित्त क्षेत्रमा अर्को मर्जर वोमी र नागरिक लघुवित्त एक आपसमा गाभिने

वोमी लघुवित्त र नागरिक लघुवित्त वित्तीय संस्थाबिच एक आपसमा गाभ्ने वा गाभिने मर्जर तथा प्राप्ति सम्बन्धि सम्झौता भएको छ । मर्जर सम्बन्धि सम्झौतामा वोमी लघुवित्तका तर्फबाट संचालक समितिका अध्यक्ष विन्ध्या प्रधान र नागरिक लघुवित्तका तर्फबाट संचलक समितिका अध्यक्ष लक्ष्मी राज पौडेलले हस्ताक्षर गरे ।

नेपाल राष्ट्र बैंकको मर्जर तथा प्राप्ति नीति अनुरुप दुई संस्थाले एक आपसमा मर्जर गर्न लागेका हुन् । फागुन २४ गते दुई संस्थाबीच मर्जरको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झैता लघुवित्ततमा मर्जरको तेस्रो सम्झौता हो । यसअधि सरकारी स्वामित्व रहेको पाँच विकास क्षेत्रमा रहेका ग्रामीण विकास लघुवित्तहरु एक आपसमा गाभेर नेपाल ग्रामिण विकास बैंक बनेको थियो । उक्त संस्था अहिले ग्रामिण विकास लघुवित्तको नामबाट कारोबार गरिरहेको छ । त्यस्तै केहि समय अगाडि मात्र गोरखामा केन्द्रिय कार्यलय रहेको साधना लघुवित्तले तनहुँमा केन्द्रिय कार्यलय रहेको आर्थिक समृद्धि लघुवित्तलाई खरिद गर्ने सम्झैता भएको थियो ।

मर्जको सम्झैता भएसँगै आइतबारबाट वोमी लघुवित्तको शेयर कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।

सोमबार, २७ फागुन, २०७५, बिहानको ०९:४५ बजे

सम्बन्धित खवर