मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’लाई उत्कृष्ट सम्मान

विराटनगर । प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित भएको छ ।

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा संघलाई सम्मान गरिएको हो ।

उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याएकोले संघलाई सम्मान गरिएको हो । मुलुककै जेठो उद्योग वाणिज्य संघ ‘मोरंग व्यापार संघ’लाई प्रधानमन्त्री के.पी. शर्मा ओली, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासहित विशिष्ठ व्यक्तित्वज्यूहरुले सम्मान गर्नुभएको थियो ।

सम्मानपत्र संघका अध्यक्ष प्रकाश मून्दडाले ग्रहण गर्नुभएको संघले जनाएको छ ।

आइतबार, २९ चैत, २०७७, बिहानको ०७:३२ बजे

सम्बन्धित खवर