कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीकोे प्रदेश सरकारले करोडौं भष्ट्राचार गरेको खुलासा भएको छ । अघिल्लो आर्थिक बर्ष रारा राष्ट्रिय महोत्सवको नाममा करोडौं भष्ट्राचार भएको खुलेको हो ।

रारा भर्मण शिर्षकमा खर्च भएको ७८ लाख १६ हजार रुपैयाँ वेरुजु देखिएपछि मुख्यमन्त्री शाहीले एक्लै भष्ट्राचार गरेको खुलेको हो । उनले ७८ लाख १६ हजार रारा भर्मण भनेर खर्चको हिसाव किताव देखाएका छन तर त्यो कहाँ, कसका लागि र किन खर्च भयो भनेर स्पष्ट पारेका छैनन् ।

रारा भर्मण बर्षमा उनले भ्रमणनै गरेका भएपछि ७८ लाखको भ्रमण कहाँ गएर गरे । उनी साँच्चै रारा गएकै हुन भने सरकारले उनलाई ब्यहोर्ने खर्च भनेको उनीसहित ३ जनाको खर्च हो । एक उनी आफै अर्का एक जना उनको सुरक्षाका लागि खटाइएका पिएसओ र एक जना स्वकिय सचिव । तिन जना रारा पुग्न कति खर्च लाग्छ, त्यहाँको बसाई, खुवाई र हिडाईको खर्च कति आउँछ ? कर्णालीका जनतालाई राम्रोसंग थाहा छ ।

कति खर्च लाग्छ रारा पुग्न ?

सुर्खेतबाट ठुला बडाहरु गाडीमा जाने कुरा आउँदैन । यदी गाडीमै गएको भए सायद यस्तो वेरुजु देखिदैन थियो होला किन कि उनीसंग २ करोडको सुविधा सम्पन्न गाडी छदैछ । खानाको त झन सामान्य मासु भात खाँदा प्रतिखाना तिन सय रुपैयाँ भन्दा धेरै पर्ने होटल कर्णालीमा छैन । बडिमा १० हजार भयो भने फालाफाल हुन्छ राराको यात्रा मुख्यमन्त्रीका लागि । गाडीको कुरालाई यहीं विट मारौं ।

अव हवाई जहाँजको कुरा गरौं । सुर्खेत देखि ताल्चा विमान स्थलसम्मको भाडा दर ३ हजार देखि ९ हजारसम्मको छ । त्यहाँ तारा एयर र नेपाल एयरलायन्सका जहाँजहरु सेवा दिइरहेका छन तर त्यो पनि भरपर्दो छैन । अव विकल्प हो हेलीकप्टरको । हेलीकप्टर पनि आर्मीको बाहेक चढ्ने कुरा छैन किन कि उनी मुख्यमन्त्री न परे ? सुर्खेतबाट मुगु गएको र मुगुबाट सुर्खेत झरेको अधिकतम २ लाख भन्दै धेरै पर्दैन ।

अव कुरो आयो खानाको अनुमान गरौं ३ जनाले खाना खाँदा दिनमा १० हजारकै खान्छन । अझ यसमा प्रदेशकी महिला प्रमुखलाईसंगै लगे त्यसमा केही थप्न सकिएला । अन्य केही खर्च जोडौ ३ लाखै पुग्यो । अन्य भन्नाले कार्यक्रता भेटघाट जिल्ला भ्रमण आदी इत्यादी ।

७८ लाख खर्च गर्नका लागि उनी बर्षमा २५ चोटी रारा गएको हुनुपर्छ । तर उनको भ्रमण रेकर्डमा २ चोटी भन्दा धेरै गएको देखिदैन । ७२ लाख कहाँ गयो यो जनताले खोज्न पर्छ की पर्दैन ?

कुरा त्यती मात्रै होइन उनका मन्त्रीहरुको पनि लाखौं बेरुजु देखिएको छ । त्यो लाखौं वेरुजु मध्य केही लाख मुख्यमन्त्रीको भागमा पर्ने गरेको छ । ७२ लाख चोखो भष्ट्राचार गरेकै छन भने अन्य मन्त्रालयबाट आउने भागले गर्दौ उनले करोडौं भष्ट्राचार गरेको स्पष्ट हुन्छ ।

यस अघिपनि आफ्नी धर्म पत्निलाई खेताला शिक्षक खटाएर अर्को ठाउँमा जागीर खुवाई रकम हसुरेको तथा सामान्य औलामा चोटलागेका उनलाई जिल्ला स्थित शान्ति समितिबाट पूर्ण अपांगताको भत्ता बुझेर करोडौ राज्यको सम्पति लुटेको जगजाहेरै छ । अझ क्यान्टिनमेन्टको भष्ट्राचारको कुरै नगरौं । भष्ट्राचार गर्न सिपालु छन कर्णालीका मुख्यमन्त्री शाही ।

७८ लाखले के हुन्थ्यो ?

मुख्यमन्त्रीको घर अगाडी बन्न लागेको रास्कोट सामुदायिक अस्पताल निमार्णका लागि संचारकर्मी रवि लामीछानेले सर्वसाधारणसंग गुहार माग्नुपर्ने थिएन । कहिले टेलिभिजबाट कराउने, कहिले विदेश भ्रमण गरेर पैसा उठाउने त कहिले को बन्छ करोडपतिमा गएर कर्णालीको बेइजेत हुने थिएन ।

अझ भनौं आफ्नै गाउँमा बन्न लागेको हस्पिटलका लागि गुहार माग्न किन लगाएको होला भनेर मुख्यमन्त्रीको आलोचना र अपमान पनि हुने थिएन । मुख्यमन्त्रीले चाहेको खण्डमा करोड रुपैयाँ त्यो हस्पिटलका लागि खर्च गर्न कुनै आइतबार पर्खनु पर्ने थिएन । ७८ लाख भएको भए रास्कोटले सरकारी अस्पताल पाउने थियो र जनताले निशुल्क स्वास्थ्य शुविधा पाउने थिए । र जनताले मुख्यमन्त्रीको जयजयकार गाउने थिए । तर अहिले भष्ट्राचारीको विल्ला लागेको छ ।

ज्ञानेन्द्र शाहीलाई पक्राउको कारण ७८ लाख ?

यही ७८ लाख भष्ट्राचार गरेको सार्वजनिक स्थानबाट सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीले खुलासा गरेपछि अहिले उनी प्रहरीको हिरासतको चरम याताना पछि अस्पतालमा उपचारार्थ छन । उनका शरीरभरी निलडाम छन । मानसिक यातनाले उनको स्वास्थ्य अवस्था चिन्ताजनक छ । भष्ट्राचार गरेको खुलासा गर्दै शाहीले आफूलाई पक्राउ गर्न चुनौति दिएकै दिन मुख्यमन्त्रीको ठाडो निर्देशनमा उनलाई विना पुर्जि गैरन्यायीक पक्राउ गरी चरम यातना दिइएको छ ।

भष्ट्राचार लुकाउनका लागि गरिएको यो हर्कदले उनको राजनीति धरापमा पर्ने स्पष्ट छ । आजसम्म नेकपाका कर्णाली प्रदेश इन्चार्ज जनार्धन शर्माले मुख्यमन्त्री शाहीलाई संरक्षण गर्दै आइरहेका छन । यो घटनाले उग्र रुप लिएपछि उनीपनि ब्याग हुनसक्ने र महेन्द्रको राजनीति समाप्त हुने नेकपाका एक नेताको दावि छ ।

यस विषयमा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीसंग कुरा गर्न खोज्दा उनको मोवाइल अफ थियो भने उनका स्वकिय सचिव खेम सिंहले बारम्बार फोन गर्दा पनि फोन उठाएनन् । –मोटिभेट न्यूजको सहयोगमा

Facebook Comments Box