विपन्न विद्यार्थीको हातमा ६ हजार कापी

दमक,/ लायन्स क्लव अफ दमक इस्टर्न लाइन र लायन्स क्लव अफ दमक गोल्डले बिभिन्न सामुदायीक विद्यालयमा अध्ययनरत बिपन्न विद्यार्थीहरु लाइ कापी वितरण गरेको छ । बिभिन्न चरणमा गरेर झापा र इलामका ७ वटा सामुदायीक विद्यालयमा अध्ययनरत ६ सयभन्दा बढि बिद्यार्थीहरुलाइ उक्त कापी वितरण गरीएको कार्यक्रम संयोजक गंगादेब चौधरीले जानकारी दिएका छन । संस्थागत विद्यालयका विद्यार्थी तथा लायन्सकर्मी र अन्य सहयोगदाताहरुबाट संकलन गरीएको उक्त कापीहरु हिमालय प्रावी शिबसताक्षी , शिशु कल्याण प्रावी गौरीगंज , भानू मा वी चुलाचुली इलाम, मंगलमय मा वी कमल , सिंहदेवी प्रा वी कमल , र श्री प्रा वी गौरादहमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरीएको संयोजक चौधरीले बताए ।


लायन्स क्लव अफ दमक इस्टर्न लाइन र दमक गोल्डको संयक्त प्रयासमा चलाइएको अभियानले , सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुले पटक पटक एउटै कापीमा लेख्दै मेटदै त्यहि कापी प्रयोग गरेको देखिएकाले थोरै भएपनि विद्यार्थी र अभिभावक लाइ राहात पुगोस भन्ने उदेश्यले कापी वितरण गरिएको लयन्स क्लव अफ इस्र्टन लाइनका निर्बतमान अध्यक्ष विमल शर्माले जानकारी दिए । यो कार्यक्रमलाइ आगामी दिनमा पनि निरन्तरता दिंदैे , सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ अन्य शैक्षिक सामाग्रीहरु पनि वितरण गर्ने अभियानलाइ प्रभावकारी रुपमा अघि बढाउन लायन्सकर्मीहरु संधै तयार रहेको बताएदै लायन्स क्लब अफ दमक गोल्डका अध्यक्ष कांशी खातीले यो अभियानले थोरै भएपनि विद्यार्थीहरुलाइ राहात महसुस हुने विस्वास व्यक्त गरे ।
यो अभियान बाट छ सय भन्दा बढि बिपन्न विद्यार्थीहरु लाभन्वित भएको आयोजकले जनाएको छ ।