इटहरी । पानिको निकास नहुँदा बर्षौ देखी इटहरीवासी मारमा पर्दै आएका छन । प्रत्येक बर्ष बर्खायाममा इटहरी बिचबजार भएर बग्ने टेंगा्र खालाको निकास नहूदा वस्तीतर्फ पस्ने गरेको छ । यसपाली पनि बिगत तिन दिन देखी लगातार परेको बर्षाका कारण टेङ्ग्रा खोलाको पानी वस्ती पसेको छ । इटहरी उपमहानगरपालिकाको वडा नम्बर ८ स्थित करदाता सेवा कार्यालय अगाडिबाट टेङ्ग्राखोला वस्तीमा पसेको हो । उत्तरदक्षिण कोशी राजमार्ग अन्र्तगतको इटहरी सडकखण्डको यो क्षेत्रमा पानी सडकबाटै बगेको हो । खोला सडक माथीबाटै बगेपछि केही बेर आज दिउँसो कोशी राजमार्ग अवरुद्ध भएको थियो ।

सडकमा खोला बग्न थालेपछि कोशी राजमार्गमा गुड्ने सवारीहरु सञ्चालनमा समस्या भएको थियो । सवारी अवागमनमै समस्या भएपछि स्काभेटर लगाएर खोला सफाई गरिएको छ ।आजभन्दा चार बर्ष अघि पनि यहि ठाउँबाट टेङ्ग्रा खोला वस्तीमा पसेको थियो । पटक पटक एकै ठाउँबाट टेङ्ग्रा खोलाको पानी ओभर फ्लो भएपछि गाउँमा पस्ने गरेको छ । इटहरी उपमहानगरपालिकालाई यस विषयम पटक पटक जानकारी गराएपनि चासो नदिएको स्थानिय गुणराज जमरकट्टेलले बताएका छन् ।
खोला वस्ती पसेपछि गाउँमा डुवानमा परेको छ । गाउँमा पानी पसेपछि स्थानियबासीहरु आत्तिएका छन् । समस्याको बारेमा जानकारी गराउँदा पनि चासो नदिएका कारण आफुहरुले समस्या भोग्नु परेको स्थानियले गुनासो गरेका छन् ।

खोलाको पानी वस्ती पसेपछि इटहरी वडा नम्बर ८,९,१० लगायतका वडा प्रभावित भएका छन् । विशेष गरी वडा नम्बर ८ र खनार क्षेत्र डुवानमा पर्ने स्थानियले बताएका छन् । स्थानिय जनप्रतिनिधिले पनि खोला सफाईमा चासो नदिएको स्थानिय देवन्द्र प्याकुरेलले बताए ।

Facebook Comments Box