दमक ६ स्थीत ग्लोवल एजुकेशनल एकेडेमीले दमक पब्लिक लाइबे्ररीलाइ ७0 हजार आर्थिक सहयोग गरेको छ । दमक पव्लिक लाइव्ररीको छैठौँ बार्षिक उत्सव तथा विश्व युवा दिवसको अवसरमा हिजो दमक पव्लिक लाइबे्ररीले आयोजना एक कार्यक्रमका विच उक्त आर्थिक सहयोग उपलब्ध गराइएको ग्लोबल एजुकेशनल एकाडेमीका अध्यक्ष खेम प्रसाद भण्डारीले जानकारी दिएका छन ।

  

बिभिन्न सामाजिक सघं संस्था लाइ बार्षिक रुपमा सहयोग उपलब्ध गराउदै आइरहेको ग्लोबलले यसपटक दमक पव्लिक लाइब्ररीलाइ सहयोग गरेको हो । आफनो सामाजिक उत्तरदाइत्व अन्र्तगत विद्यालयले आगामी बर्षहरुमा पनि आफ्नो स्रोत र साधनले भ्याएसम्म निरन्तर सहयोग गर्ने लक्ष्य रहेको प्रिन्सिपल गुणराज अधिकारीले वताए । उक्त कार्यक्रममा पव्लिक लाइब्ररीले ग्लोवललाइ मायाको चिनो प्रदान गर्दै सम्मान गरेको थियो । ग्लोवल एजुकेशन एकेडेमी यस क्षेत्रकै निरन्तर उत्कृष्ट नतिजा निकाल्ने विद्यालयको रुपमा परीचित छ ।

 

Facebook Comments Box