शुभकामना सहकारीको सातौँ बार्षिक साधारणसभा सम्पन्न

दमक ६ स्थित शुभकामना बचत तथा ऋण सहकारी संस्थालेआफ्नो सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । हिजो भाद्र २४ गते दमक स्थीत कस्मीक पार्टी प्यालेसमा संस्थाले सातौँ बार्षिक साधारणसभा सम्पन्न गरेको हो । संस्थाले साधारणसभा बाट संस्थाको वजेट ,नीति तथा कार्यक्रम समेत पारित र्गाुका साथै उत्कृष्ट बचत तर्फ २५ जना, कर्जातर्फ १२ जना ,२२ जना ज्येष्ठ शेयर सदस्य र पाँच जना एकल महिला शेयर सदस्यलाई सामूहिक रुपमा सम्मान गरिएको थियो । पाँच जना बाल बचतकर्तालाई समेत प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको संस्थाका अध्यक्ष चन्द्र गजमेरले जानकारी दिएका छन !


साधारणसभामा वर्ष उत्कृष्ठ कर्मचारीका रुपमा अरुणा लिम्बु,उत्कृष्ट बजार प्रतिनिधि पुरस्कारवाट भिममाया दर्जी, हिरो अफ द इयर अवार्डवाट व्यवस्थापक देउमान सेन्चुरीलाइ नगदसहित पुरस्कृत गरीएको थियो भने अन्य कर्मचारीहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा, जिल्ला सहकारी संघका सदस्य प्रेमकुमार कोइराला लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
साधारणसभामा संस्थाका अध्यक्ष चन्द्रबहादुर गजमेरले सञ्चालक समितिका तर्फवाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक टिकाराम अधिकारीले लेखा समितीको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा संस्थाले उत्कृष्ट शेयर सदस्यहरु, ज्येष्ठ शेयर सदस्य, एकल महिला सेयर सदस्य र पत्रकारलाई सम्मान गरेको थियो । उक्त कार्यक्रम सम्पन्न गर्न संस्थाका कर्मचारी सनम श्रेस्ठ र प्रतिक्षा राइले सहयोगीको महत्वपुर्ण भुमिका र्निबाह गरेका थिए ।