ब्यावसायी नेता गुरागाईले रोजे काँग्रेस

दमक ,२८ पुस / नेकपा एमालेसहित व्यापारीको जनवर्गीय संगठन त्यागेका व्यापारी नेता गोपाल गुरागाई (देवी ) नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।आज अपरान्ह दमकस्थित कांग्रेस पार्टी कार्यालयमा एक भव्य कार्यक्रमका बीच उनी पार्टी प्रवेश गरेका हुन् । उनलाई पार्टीका जिल्ला उपसभापति शेरवहादुर भट्टराईसहितका नेताले पार्टीको साधारण सदस्यता प्रदान गरेका थिए ।
पार्टी प्रवेशसहित उनलाई दमक उद्योग वाणिज्य संघको भावी अध्यक्षका रुपमा जिताउने नेताहरुले प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नगर सभापति प्रकाश प्रसाई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले आसन्न बाणिज्य संघमा गुरागाईको योगदान अझै आवश्यक भएकाले उनकै नेतृत्वमा पार्टी एक ढिक्का भएर निर्वाचनमा जाने उल्लेख गरेका थिए ।
त्यस अवसरमा नवप्रवेशी व्यापारी नेता गुरागाईले पार्टी भित्र योगदानको कर नभएको कारण आफूले पार्टी र संगठन त्यागेर कांग्रेसमा आएको बताए । पार्टीमा आएर संघको नेतृत्व जित्न मात्र होइन पार्टी र व्यवसायिक हितका लागि काम गरेर देखाउने उनको प्रतिवद्धता थियो ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँको सभापतित्व र जिल्ला उपसभापति शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा आयोजित संक्षिप्त कार्यक्रमका बीच पार्टीका एक नम्बर प्रदेश समिति सदस्यद्धय भुमिराज राई, चन्द्रा खडका भट्टराई, महाधिवेशन प्रतिनिधिहरु राजनबहादुर ढुंगाना, डा. नेत्र बहादुर बुढाथोकी, मन्दरा चिमरिया पौडेल, विक्रम अधिकारी, लोकतान्त्रिक व्यवसायी संघ दमक नगर अध्यक्ष बबरजंग थापा, तरुण दल झापा ५ का सभापति समेत रहेका दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकूल श्रेष्ठ, पार्टीका नगर उपसभापति युवराज खनालको लगायतका नेता तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कांग्रेस झापा क्षेत्र नं ५ (ख ) का सभापति रवि केसीले स्वागत तथा कांग्रेस नगर सचिव रामचन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेको कांग्रेस दमक नगरका अर्का सचिव दिपेश दाहालले जानकारी दिए ।

